काठमाडौं । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइएको छ । मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकोप्टरले शुक्रबार १.२५ बजे शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको हो ।
ती शव छुट्टाछुट्टै शववाहनमा राखेर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिँदै बताइएको छ । पोष्टमार्टमपछि अन्तिम श्रद्धाञ्जलीका लागि शव टुँडिखेलमा राखिने छ ।
बुधबार भएको हेलिकोप्टर दुर्घटनमा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।
तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।
नेकपाका केन्द्रीय सदस्य समेत रहेका मन्त्री अधिकारीको अपरान्ह ३ बजेपछि हुने श्रद्धान्जलीमा सहभागी हुन पार्टीले सबैमा आग्रह गरेको छ । साथै पार्टीले दुर्घटनामा दिवंगत भएका व्यक्तिका परिवारलाई आवश्यक सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ । मन्त्री अधिकारीको अन्त्येष्टि भने शुक्रबार उनकै गृहनगर पोखरामा गरिने छ ।
प्रकाशित १६ फाल्गुण २0७५ , बिहिबार | 2019-02-28 08:50:08
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार