नख्खु वम विस्फोटमा विप्लवको हातःगृहमन्त्री थापा

                नख्खु वम विस्फोटमा विप्लवको हातःगृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटमा विप्लव नेतृत्वको नेकपाको हात रहेको बताएका छन् । शुक्रबार राती भएको बम विस्फोटमा एक जनाको मृत्यु हुनुका साथै २ जना घाइते भएका थिए ।

प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था समितिको आइतवारको बैठकमा गृहमन्त्री थापाले देशभर एनसेल टावरमा भइरहेको आगजनीमा विप्लव नेतृत्वकै पार्टीको संलग्नता देखिएको बताएको जिकिर गरे ।

गृहमन्त्री थापाले समानान्तर सरकार चलाउने प्रयास स्वरूप विप्लव समूहले विस्फोट र आगजनीका श्रृंखला चलाएको आरोप लगाए । विस्फोट सरकारले गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गरेर गरिएको समेत गृहमन्त्री थापाले बताए ।

राजधानीमै बम विस्फोटका घटना हुनुले सरकारको सुरक्षा व्यवस्था फितलो बन्दै गएको स्पष्ट हुन्छ । यसैबीच प्रहरी नख्खु घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला