धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वको घाउ कोट्याएर यतिबेला कसैलाई फाइदा नपुग्ने बताएका छन् ।
बुधबार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘द्वन्द्वका घाउ र असर छन् सरकार त्यसमा मलमपट्टी लगाउन र पीडितलाई अधिकतम न्याय दिन लागेको छ तर घाउ कोट्यायाएर शान्ति हुन नदिने प्रयास हुँदैछ, यसले कसैलाई फाइदा पुग्दैन ।’ प्रधानमन्त्री ओलीले भने,‘ क्रान्तिका नाममा कुनै लफ्फाजीको काम छैन, जनतामा आतङ्क फैलाउने, विकास आयोजना अवरोध गर्ने काम हुनुहुँदैन, नेपालमा शान्ति भएको छैन भनेर गलत सन्देश दिने प्रयास पनि गर्नुहँुदैन ।’
पहिलो वर्ष कानून निर्माण, कर्मचारी, कार्यालय व्यवस्थापन र नेपालको भविष्यको बाटो तय गर्ने आधार वर्षका रुपमा बितेको भन्दै अब जनता आवश्यक शिक्षा, स्वास्थ्य, आवासमा ध्यान केीन्द्रत गर्ने धारणा प्रधानमन्त्रीले राखे । ‘सुदूरपश्चिममा पर्वतारोहण, पदयात्रा, मन्दिर–तीर्थस्थल, शुक्लाफाँटा आरक्ष आदिमा पर्यटकको आकर्षण छ ।
महाकाली, कर्णाली र सेती नदीबाट विद्युत् र सिँचाइको सम्भावना छ’, प्रधानमन्त्रीले भने, ‘औद्योगिक क्षेत्र स्थापना भएपछि लगानीकर्ता पैसा, प्रविधि र मेसिन लिएर त आउनेछन् तर जग्गाको सहजता मिलाइदिनुहोला ।’ प्रधानमन्त्री ओलीले सुदूरपश्चिममा छरिएर रहेका बस्तीमा विकास पु¥याउनु चुनौतीपूर्ण भएकाले एकीकृत गरेर ससाना बजार विस्तार गर्न सुझाव पनि दिए ।
सुदूरपश्चिममा कुप्रथाका रुपमा रहेको छाउपडी प्रथा हटाउन विशेष अभियानै चलाउनुपर्नेमा जोड दिँदै उनले भने,‘समस्या छ छाउपडी हटाऊ भन्दा नमान्ने दिदीबहिनी र दाजुभाइ धेरै छन् । अभियानै चालाएर अन्त्य गरौंँ ।’ करिव २ घण्टाको सम्बोधनमा प्रधानमन्त्री ओलीले सुदूरपश्चिको विकासमा एक भर अघि वढन सांसदहरूलाई आग्रह समेत गर्नुभयो ।
प्रकाशित ८ फाल्गुण २0७५ , बुधबार | 2019-02-20 09:40:16
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार