काठमाडौं । घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसनधान आयोगका निवर्तमान आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले छानबिन गर्ने भएको छ । त्यसकालागि आयोगले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । पाठकमाथि छानबिन हुनुपर्ने चौतर्फी दबावपछि आयोगले अनुसन्धान अघि वढाएको हो ।
अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेर पाठकविरुद्ध अनुसन्धान सुरु गरिएको हो ।
यसबारे अख्तियारले सोमबार महान्यायाधिवक्ता कार्यालयसमक्ष मुद्दा कसरी चलाउने भन्ने विषयमा राय माग गरेको थियो । महान्यायाधिवक्ता कार्यालयले संविधानमा सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको ठहरिएमा मुद्दा दर्ता गर्न सक्ने व्यवस्था भएकाले सोहीअनुसार अगाडि बढाउन सक्ने राय दिएसँगै अख्तियारले अनुसन्धान कमिटी गठन गरेको बताईन्छ ।
नेपाल इञ्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार मिलाइदिने शर्तमा उनले ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि संसदमा महाअभियोग लाग्ने डरले पाठकले गत शुक्रबार पदबाट राजीनामा दिएका थिए । राजिनामा दिएसँगै उनले यस अघि खाएको घुँस र जोडेको अवैध सम्पती के हुने भन्ने विषयले चर्चा पाइरहेको थियो ।
प्रकाशित ७ फाल्गुण २0७५ , मङ्गलबार | 2019-02-19 09:23:04
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार