काठमाडौं । सांसद हृदयेश त्रिपाठीले कृषि मन्त्रालय खारेज गर्नुपर्ने माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा सांसद त्रिपाठीले किसानलाई पिर्ने र विचौलियाको पक्षमा काम गर्ने मन्त्रालय आवश्यक रहेको बताए । २०३४ साल देखि अहिलेसम्म भएको कुल कृषि लगानीमा किसानमाथि जम्मा १८ प्रतिशत खर्च भएको उनले बताए । किसानको नाममा विभिन्न तामझाममा ८२ प्रतिशत खर्च भएको भन्दै उनले कृषि मन्त्रालयको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाए ।
‘किसानको हितमा काम नगर्ने तर, विचौलियाको पक्षमा काम गर्ने कृषि मन्त्रालय खारेज गरे हुन्छ,’ उनले भने । उखु किसानको समस्याबारे सरकारले कहिल्यै कुरा नसुनेको भन्दै उनले सरकारबाट किसानहरु उपेक्षित हुँदै आएको र विचौलियाहरु मालामाल हुने गरेको उनको आरोप लगाए ।
प्रकाशित २५ माघ २0७५ , शुक्रबार | 2019-02-08 08:59:52
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार