काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले जुम्लामा अनशनरत प्राडा. गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन् । ‘सरकार केसीको सत्याग्रहका बारेमा गम्भिर नभएकाले समस्या झनै जटिल भएको छ,’उनले भने ।
काठमाडौंमा आयोजित कार्यक्रममा झाले भने,‘उनले भनेकै आधार सबै हुनुपर्छ भन्न खोजिएको होईन, संसद छ, सरकार छ, उहाँले उठाएका जायज मागहरु पूरा हुनैपर्छन्, केही मागहरुका बारेमा बिचार गर्नुपर्ने हुन्छ, हाम्रो लाईन स्पष्ट छ ।’
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री सञ्जय गौतमले डाक्टर गोविन्द केसीका मागहरु तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरे । गौतमले अनशनरत डाक्टर केसीलाई कांग्रेसको कार्यकर्ताका रुपमा परिभाषित गरेर सरकारले गल्ती गरेको भन्दै तत्काल केसीको जीवन रक्षा गर्न समेत माग गरे ।
कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भिर रहेको स्पष्ट पारेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेर गल्ती गरेको आरोप लगाउँदै उनले भने,‘कांग्रेसले विरोध सूचना पनि हाल्ने, प्रतिस्थापन विद्येयकका बारेमा निर्णयपनि चाहियो भन्ने ? कसरी कुरा मिल्छ ? स्वास्थ्यमन्त्री संसदमा बोल्न नपाउने कसरी मागहरु पूरा हुन्छन् ?
प्रकाशित १ साउन २0७५ , मङ्गलबार | 2018-07-17 11:14:41
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार