गीता रेग्मीको नियात्रासङ्ग्रह ‘पत्थरै पत्थर’ सार्वजनिक

गीता रेग्मीको नियात्रासङ्ग्रह ‘पत्थरै पत्थर’ सार्वजनिक

काठमाडौं । गीता रेग्मीद्वारा लिखित नियात्रासङ्ग्रह ‘पत्थरै पत्थर’ राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा लोकार्पण गरिएको छ । प्रा. राजेन्द्र सुवेदी, साहित्यकार गीता केशरी, डा. सावित्री कक्षपती, नियात्राकार मोहन चापागाई, साहित्यकार राजकुमार राई, थाई नेपाल संघका अध्यक्ष कुमार कार्की, शिक्षा मन्त्रालयका सहसचिव टेकनारायण पाण्डे र शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलले संयुक्त रूपमा सो नियात्रासङ्ग्रहको विमोचन गरेका हुन् । 

बर्मा, थाइल्यान्ड र मलेसियाको यात्रा वर्णनमा केन्द्रित यो कृति नियात्राकारको निजात्मक राग र अनुभूतिले पर्याप्त मात्रामा रञ्जित छ ।  पुस्तकका बारेमा वक्ता मोहन चापागाईले पुस्तक पढ्दा बर्मा, थाइल्यान्ड घुमेको जस्तो अनुभूति हुने र यात्रा गर्नेहरुका लागि यो पुस्तक यात्राको सारथी हुने धारणा व्यक्त गरे । 

वक्ता डा. सावित्री कक्षपतीले गीता रेग्मीका शक्तिशाली वाक्यहरुले पाठकलाई आफूसँगसँगै हिँडाउँछन्, रमाउँछन्, आफू हाँस्दा हसाउँछन्, आफू रुँदा रुवाउँछन् यो नियात्राकारको ठूलो शक्ति भएको बताइन् । 

वक्ता प्रा. राजेन्द्र सुवेदीले गीता रेग्मीको नियात्रासंग्रहमा सरलता र मिठास भाषाशैली रहेको र यो नियात्रासंग्रहले यात्रा गर्नेहरुका लागि सहयोग पु¥याउने भएकाले यो कृति पठनयोग्य रहेको धारणा व्यक्त गरे । 

यस नियात्रासंग्रहले कृति रोचक अनुभव, निजात्मक भाव र अनिर्वचनीय घटनाक्रमका साथै भ्रमणबाटै जीवनको गहिराइ नाप्न सकिन्छ भन्ने कुराको भाव व्यक्त गरेको छ ।  उक्त नियात्रासंग्रह ‘पत्थरै पत्थर’ शिखा बुक्सले प्रकाशन गरेको हो । जसको मूल्य रु. २५०/– रहेको छ ।   

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला