अस्ताए कांग्रेस नेता खुमबहादुर खड्का

अस्ताए कांग्रेस नेता खुमबहादुर खड्का

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता खुमबहादुर खड्काको निधन भएको छ। भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पुष्टि गरेका छन् । 

पूर्व गृहमन्त्री समेत रहेका खड्का मृगौला रोगबाट पीडित थिए । प्रवक्त शर्माले ट्विट गर्दै भनेका छन्, ‘सूचना एवं समवेदना ! भारत दिल्लीको अपोलो अस्पतालमा उपचाररत कांग्रेस नेता खुमबहादुर खड्काको भर्खरै निधन भएको छ । उहाँको आत्माले शान्ति प्राप्त गरोस्, कामना गर्दै,परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

 अमरवाणीसँग कुरा गर्दै शर्माले भने, ‘उहाँको पार्थिव शरीरलार्इ नेपाल ल्याउने भन्ने बारे पार्टी र परिवारबीच कुराकानी भइरहेको छ ।’

उनी मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए । मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलार्इ नयाँ दिल्ली लगिएको थियो । 

उनको स्वास्थ्य स्थितिप्रति गम्भीर भएपछि नेपाली कांग्रेसले उनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो । 

पार्टी सभापति देउवाले यसरी सम्झे 

 पार्टी सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका लागि निकै ठूलो संघर्ष गरेका नेताको रूपमा खड्कालाई सम्झँदै  दुःख व्यक्त गरेका छन् । 

सभापति देउवाले फेसबुकमा लेखेका छन्, ‘लोकतान्त्रिक आन्दोलनका लागि निकै ठूलो संघर्ष गरेका कांग्रेस नेता एवम् मेरा प्रिय मित्र खुमबहादुर खड्काजीको निधनको खबरले निकै दुःखी भएको छु । राजनीतिको विभिन्न कालखण्डमा उहाँसँगको साथ र सहयोग मेरो स्मृतिमा रहिरहनेछ । नेपालको लोकतान्त्रिक आन्दोलन र कांग्रेस पार्टीमा उहाँको योगदान सदा अम्मर रहनेछ । उहाँको निधनले मुलुकले एउटा जिम्मेवार र अनुभवी नेता गुमाएको छ ।  उहाँको पार्थिव शरिरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’   

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला