कोरियन भाषा परीक्षा फारम आजबाट

काठमाडौं ।  दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली ‘ईपीएस’ मार्फत्  जाने कामदारका लागि कोरियन भाषा परीक्षाको आवेदन आजबाट खुलेको छ  । ईपीएसअन्तर्गत सन् २०१९ मा कामका लागि दक्षिण कोरिया जान चाहने कामदार छनोट गर्न लिइने नवौं चरणको कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि संकलन गरिएको ललितपुरस्थित ईपीएस कोरिया शाखाले जनाएको छ ।  

परीक्षामा सहभागी हुने चाहनेले आजदेखि आउँदो १७ गतेसम्म अनलाइनबाटै आवेदन फारम भर्न सक्नेछन् ।  भाषा परीक्षामा सहभागी हुनका लागि १८ बर्ष पूरा भई ३९ बर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने हदबन्धी तोकिएको छ । 

आवेदन भर्नका लागि नेपालको आधिकारिक वेबसाइटबाट लग इन गरी त्यहाँ उल्लेख भएका विवरण अनलाइनबाटै भर्न सकिने व्यवस्था मिलाइएको छ । अनलाइनबाटै फारम भर्न पाइने भएपछि रातभर लाइनमा बस्नुपर्ने झण्झट नरहने ईपीएस कोरिया शाखाले जनाएको छ । परीक्षा भने आगामी जेठ २६ र २७ गते हुनेछ । 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला