५ नं प्रदेशमा राष्ट्रिय योजना आयोग गठन

५ नं प्रदेशमा राष्ट्रिय योजना आयोग गठन

बुटवल- प्रदेश नम्बर ५ को सरकारले प्रादेशिक योजना आयोग गठन गरेको छ। 

प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन तथा कार्यसञ्चालन आदेश २०७४ जारी गरी प्रादेशिक योजना आयोगका उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरिएको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए। 

बैठकले मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकारमा गुल्मी स्थायी घर भई हाल रुपन्देहीमा दुई दशकदेखि पत्रकारितामा क्रियाशील शेरबहादुर खत्रीलाई नियुक्त गरेको छ। 

बैठकमा मुख्यमन्त्री पोखरेलले केन्द्रीय सरकारले प्रदेशमा हस्तान्तरण गरेको एक अर्ब दुई करोड रुपैयाँ बजेट चैत मसान्तभित्र विनियोजन गरिसक्नुपर्ने भएकाले आ-आफ्नो मन्त्रालयमा १० दिनभित्र साधारण र पुँजीगत खर्चको योजना मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन समेत दिएका थिए। 

प्रदेश सरकारले केन्द्र सरकारबाट प्राप्त उक्त बजेटको विनियोजन प्रदेशसभामार्फत नीति तथा कार्यक्रम बनाएर प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। सोही अनुसार सरकारले चैत मसान्तभित्र नै सोही बजेटका आधारमा प्रदेश प्रमुखमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी तयारी थालेको पोखरेलले जानकारी दिए।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला