पराजुली विरुद्ध प्रहरीमा उजूरी, ‘सिलवाल’ प्रकरणको झल्को

पराजुली विरुद्ध प्रहरीमा उजूरी, ‘सिलवाल’ प्रकरणको झल्को

काठमाडौं ।  निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीले नागरिकता र शैक्षिक योग्यता प्रमाणपत्रमा जालसाझी गरेको भन्दै प्रहरीमा उजूरी दर्ता गरिएको छ । 

गुल्मी इस्पा गाउँपालिकाका मदन भण्डारीले पराजुलीले पराजुलीले  नागरिकता र शैक्षिक प्रमाणपत्रमा मिति सच्याएको भन्दै उनी विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका हुन्। 

जाहेरी दताए भएको तर,यसबारे सबै कुरा अहिले भन्न नमिल्ने महानगरीय प्रहरी परिसरका डिएसपी मोहन थापाले बताए ।  प्रधानन्यायाधीशको कार्यकाल अनुचित रुपमा लम्ब्याउने चाहनाले पराजुलीले नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक(फरक जन्ममिति बनाएको जाहेरीमा भनिएको छ । यस्ता कार्यले न्यायाधीशमा हुनुपर्ने उच्च नैतिक चरित्रको क्षयीकरण भएको पनि जाहेरीमा उल्लेख गरिएको छ।

जाहेरीमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट पराजुलीले लिएको नागरिकतामा जन्ममिति २००९ साउन २१ गते देखिएको तर काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिइएको प्रतिलिपिमा २०१० साल बैशाख १६ गते कायम गरिएको उल्लेख छ ।  यस्तै, एसएलसीको प्रमाणपत्रमा जन्ममिति २०११ बैशाख १३ गते उल्लेख छ भने नेपाल ल क्याम्पसमा प्रमाणपत्रहरुमा २०१० बैशाख १३ गते रहेको उल्लेख गरिएको छ। यसबारेमा उनी प्रधानन्यायाधिश हुँदा पनि पटक–पटक समाचार प्रकाशित भएका थिए । 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला