दाने बोहरा २, माघ । हुम्ला महावौद्ध विद्यालयमा अध्ययनरत किशोरी सिचुडोमा लामाको हत्या अभियोगमा प्रधानाध्यापक धनलाल रोकायालाई प्रहरीले पक्राउ गरेको छ । हुम्ला जाने क्रममा उनलाई सुर्खेत एयरपोर्ट पक्राउ परेका हुन् ।
नाम्खा गाउँपालिका –४ स्थित कैलाश मान सरोवर चिन्ड्रेन अफ हुम्ला नामक होस्टेलमा बसेर महावौद्ध मा. वि. मा एसइई परीक्षाको कक्षा लिदै आई रहेकी लामालाई प्रधानाध्यापक रोकायले जवरजस्ती गर्भ बोकाएको आरोप परिवारले लगाएको छ । गर्भ तुहाउन अस्पताल पुर्याइएको र किशोरीको मृत्यु भएको बताइएको छ ।
होस्टलमा प्र.अ. रोकायासंगै उनकी छोरी एलिसा, मृतक सिचुडोमा र रमिता लामा तीन जनासंगै बस्दै आएका थिए । मृतक छात्रालाई प्रधानध्यापक रोकायाले जवरजस्ती गर्न खोज्दा पुस २३ गते राति एक बजे होस्टेल बाट भागेर कर्णाली को भीर जंगलको बाटो काटेर घर आएको उनका परिवारको भनाइ छ ।
बुवा लोण्डो मिगुर लामाले मृतक छोरीलाई घरमै बसेर पढ्न भने पनि प्र.अ. रोकायाले विद्यालय नफर्किएमा घरमै लिन आउने, आफै हत्या गर्ने र एसइई मा प्राटिकल नम्बर कम दिएर फेल गराउने धम्की समेत दिएको मृतक लामाले आमालाई बताएकि थिईन् । एसर्इई परीक्षा सकिएपछि प्र.अ. रोकायाबाट छुटकारा पाउने भएकाले केहि दिन बचेर बस्न भनि आमा सोनाम छा्ईडेल लामाले मृतक छारीलाई ५, ६ दिन पछि विध्यालय पठाएको दरखास्तमा उल्लेख गरिएयको छ । उनी विधालय फर्किएको हप्ता दिन नपुग्दै मिति २०७४ माघ ७ गते सिचुडोमा लामाको अचानक मृत्यु भएको थियो । सिचुडोमा अचेत भएपछि प्रधानाध्यापक रोकायाले कसैलाई जानकारी नगरी मणिपाल अस्पताल पुर्याएको जाहेरी पत्रमा उल्लेख छ ।
मृतक सिचुडोमा लामा लाई प्र.अ. रोकायाले पटक पटक यौन दुरव्यवहार गर्दै आईरहेको र मोबाईलमा विभिन्न किसिमका फोटाहरु समेत खिच्ने गरेको विध्यार्थीहरुलाई पढाउन छोरी हामी बुढा बुढी हौं र केहि भनेमा प्राटिकल नम्बर नदिने भन्दै विद्यार्थीलाई धम्काउदै आएको थिए ।
प्रकाशित २ फाल्गुण २0७४ , बुधबार | 2018-02-14 09:50:56
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार