सरकारले अध्यादेश र राष्ट्रियसभा गठनबारे २ बजे औपचारिक धारणा सार्वजनिक गर्दै

काठमाडौं ४,पुस । सरकारले राष्ट्रियसभा अध्यादेश र नयाँ सरकार गठनका बारेमा औपचारिक धारणा सार्वजनिक गर्दैछ । 

सरकारले मंगलबार दिउँसो २ बजे सञ्चार मन्त्रालयमा यसबारेमा पत्रकार सम्मेलन गरी जानकारी गराउन लागेको हो । 

कम्युनिष्ट गठबन्धनले निर्वाचनमा बहुमत ल्याएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएर नयाँ सरकारका लागि सहजीकरण गर्न पत्रकार सम्मेलन नै आयोजना गरेपछि सरकारले पनि आफ्नो धारणा राख्न थालेको हो । गत आइतबार होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गरी एमाले र माओवादी केन्द्रका अध्यक्षहरुले देउवालाई गतिरोध नगर्न सुझाव दिएका थिए । 

तर सरकारले राष्ट्रिय सभा अध्यादेश राष्ट्रपतिले रोकेको भन्दै आपत्ति जनाएको छ । 

देउवा सरकारले राष्ट्रिय सभाको निर्वाचन पनि यही सरकारले गराउनु पर्ने अडान राख्दै आएको छ । 

राष्ट्रपछि विद्यादेवी भण्डारीले पाँच हप्ताअघि नै सरकारले पेश गरेको राष्ट्रिय सभा अध्यादेश रोकेकी छिन् । 

प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुनुअघि नै पेश परेको अध्यादेश रोक्नुलाई सरकारले गम्भीर रुपमा लिएको छ ।

प्रतिकृया दिनुहोस

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला