ओलीको रसुवा भ्रमण भारत शशंकित

ओलीको रसुवा भ्रमण भारत शशंकित

 रसुवा ४,मंसिर ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले एकाएक मंगलबार रसुवागढी–केरुङ सीमा नाकाको अवलोकन गर्न पुगेका छन् । ओलीको केरुङ भ्रमण उत्तरी छिमिकी चीनसँगको सहकार्य वढाउने स्पष्ट संकेतका रुपमा औंल्याइएको छ । एक एमाले नेताले भने रेलमार्ग बारे पहिले नै सहमति भएको र आज अध्यक्ष कमरेडले त्यसको अवलोकन गरेको बताए । यसलाई अन्यथा  लिन मिल्दैन । प्रधानमन्त्री नियुक्ति हुने पक्रियामा रहेका एमाले अध्यक्ष ओलीले सो नाकाको भ्रमण गरेपछि दक्षिणी छिमिकी भारत शशंकित बनेको छ ।       आलीले मंगलबार नेपाल–चीन सीमास्थित टिमुरेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो क्षेत्रबाटै रेलमार्ग निर्माण गर्ने बताए।

गल्छीदेखि स्याफ्रुबेँसी हुँदै रसुवागढीसम्म दुई लेनको मोटरबाटो सञ्चालनमा ल्याउने उनको भनाइ थियो। सो बाटो ट्रयाक खोल्ने काम अहिले नेपाली सेनाले गरिरहेको छ। ‘हामीले काठमाडौं, पोखरा र लुम्बिनीसम्म पु¥याउनेगरी रेलमार्ग निर्माण गर्ने भनेको ठाउँ पनि यही हो’, अध्यक्ष ओलीले भने, ‘यो नाका अब सबै हिसाबले अन्तर्राष्ट्रिय स्तरको बनाइनेछ।’

मानसरोवर जाने तीर्थ यात्रुलाई समेत यो नाका सहज हुने उनको भनाइ थियो।

ओलीको भ्रमण दलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी छन्। जिल्लाका एमाले नेताहरु पूर्व सांसद जनार्दन ढकाल, पार्टी अध्यक्ष कर्नेल लामा पनि ओलीको टोलीमा छन्। चार वटा हेलिकोप्टरमा आएको अध्यक्ष ओलीको टोलीले बिहान भूकम्पले क्षति पुर्‍याएको लाङटाङ उपत्यकाको अवलोकन गरेको थियो।

 

 

प्रतिकृया दिनुहोस

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला