नेमकिपाको गढ भक्तपुरमै धरौटी जफत

 नेमकिपाको गढ भक्तपुरमै धरौटी जफत

 भक्तपुर २८, मंसिर ।  नेपाल मजदूर किसान पार्टीको गढ मानिएको भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारको धरौटी जफत भएको छ । निर्वाचनमा भाग लिएका दलले कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेपनि नेमकिपाले यो कटाउन सकेन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेश राईले १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने बताए । 

क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेमकिपाकी अनुराधा थापामगर तथा प्रदेशसभा सदस्य (क) का उम्मेदवार सरोजराज गोसाई र (ख) का उम्मेदवार प्रेमजन थापा श्रेष्ठको धरौटी जफत भएको हो ।  जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार क्षेत्र नं २ मा कूल मतदाता ८३ हजार ९३० रहेको र तीमध्ये कूल ६४ हजार ४५३ मत सदर भएका थिए । गणना भएका मतमध्ये नेमकिपाका थापा मगरले जम्मा ५ हजार ४७१ मत मात्रै प्राप्त गर्नुभयो ।  नेमकिपासँगै विवेकशील साझा, नेकपा (माले), राप्रपा (राष्ट्रवादी), नयाँ शक्ति, जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टीले पनि धरौटी बचाउन सकेनन् । जसमध्ये नेमकिपा र विवेकशील साझाबाहेकका दलले ३०० मत पनि कटाउन सकेनन् ।

सोहि क्षेत्र प्रदेशसभा सदस्य (क) मा कूल ४४ हजार ८६ मतदाता रहेको र तीमध्ये ३३ हजार ९०१ मत गणना भएको थियो । मत गणनाको परिणामलाई हेर्दा नेकपा एमाले र नेपाली काँग्रेसबाहेक अन्य दलले धरौटी बचाउन सकेनन् । प्रदेशसभा सदस्य (क) मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका डिपी ढकालले ७८३ मत मात्रै प्राप्त गरेका छन् भने ढकालसँगै विवेकशील साझा, राप्रपा, नेपाली काँग्रेस (विपि) नयाँ शक्ति र देशभक्त गणतान्त्रिक मोर्र्चाले ५०० मत पनि कटाउन नसकेपछि धरौटी जफत भएको हो । प्रदेशसभा (ख) मा पनि एमाले र काँग्रेसले मात्रै धरौटी बचाएका छन् । उम्मेदवारी दिने दलहरूमध्ये नेमकिपा, विवेकशील साझा, संघीय समाजवादी फोरम, राप्रपा, देशभक्त गणतान्त्रिक मोर्चा, र नेपाल दलित पार्टीको धरौटी जफत भएको छ । क्षेत्र न १ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य (क) र (ख)मा नेमकिपा, एमाले र काँग्रेसको मात्रै धरौटी बचेको छ ।

सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेमकिपाका प्रेम सुवाल, तथा सोहि क्षेत्रको प्रदेशसभा सदस्य (क) मा एमालेका हरिशरण लामिछाने र (ख) मा नेमकिपाकै सुरेन्द्रराज गोसाई विजयी हुनुभएको छ । प्रतिनिधिसभातर्फ विवेकशील साझा, एराप्रपा ९ राष्ट्रवादी ०, नयाँ शक्ति, चुरेभावर लोकतान्त्रिक पार्टी, जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्र्चाले धरौटी बचाउन सकेनन् । जसमध्ये नेमकिपा र विवेकशिल साझाबाहेकका दलले ३०० मत पनि कटाउन नसकेको कार्यालयका प्रमुख राईले जानकारी दिए ।  

प्रतिकृया दिनुहोस

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला