बैतडीमा कम्युनिष्ट गठबन्धनको साढे १० हजारको अग्रता

बैतडीमा कम्युनिष्ट गठबन्धनको साढे १० हजारको अग्रता

काठमाडौं । बैतडीमा कम्युनिष्ट गठबन्धनले लोकतान्त्रिक गठबन्धनलाई साढे १० हजारभन्दा बढी मतले पछि पारेको छ । शनिबार बिहान सार्वजनिक मत परिणाम अनुसार कम्युनिष्ट गठबन्धनले लोकतान्त्रिक गठबन्धनलार्ई १० हजार ६९९ मतले पछि पारेको हो । पछिल्लो मत परिणाम अनुसार बैतडीमा नेकपा एमालेका उमेदवार दामोदर भण्डारीले ३२ हजार १२० मत ल्याएर अग्रस्थानमा छन् । उनलाई नेपाली कांग्रेसका नरबहादुर चन्दले २१ हजार ४२१ मतका साथ पछ्याइ रहेका छन् ।

बैतडीका कुल एक लाख ३२ हजार ३१९ मतदाता मध्ये ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए । बैतडीमा प्रदेशसभा ‘क’ मा नेकपा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट १८ हजार ०९३ मतसहित विजयी भएका छन् । उनीसँग दुई हजार ९६७ मत अन्तरले पराजित कांग्रेसका हरिमोहन भण्डारी १५ हजार १२६ मत पाएका छन् ।

यस्तै प्रदेशसभा ‘ख’ मा एमालेका लिलाधर भट्टले २० हजार ३१८ मतसहित विजयी भएका छन् । उनीसँग पाँच हजार ७१ मत अन्तरले पराजित राप्रपाका गणेश चन्दले १५ हजार २४७ मत प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला