गठवन्धन हिस्स, स्वतन्त्र उम्मेदवार छक्कवहादुर विजयी

   गठवन्धन हिस्स, स्वतन्त्र उम्मेदवार छक्कवहादुर विजयी

हुम्ला २२, मंसिर दाने बोहरा । वाम गठवन्धन र लोकतान्त्रि गठवन्धनलाई पछि पार्दै हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कवहादुर लामा प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । लामा कांग्रेस प्रत्याशी मंगल शाहीलाई ४७ मतले पछि पार्दै विजयी भएका हुन् । पूर्वमन्त्री लामाले कुल ८ हजार ४ सय ९१ मत प्राप्त गरे भने उनका निकट प्रतिद्धन्द्धी कांग्रेसका मंगल शाहीले ८ हजार ४ सय ४४ मत पाएका छन् । लामा माओवादीले टिकट नदिएपछि स्वतन्त्र रुपमा चुनाव लडेका हुन् । पार्टी विपरित उम्मेदवार बनेको भन्दै उनलाई कारवाही समेत गरिएको थियो ।

प्रदेश सभा क एमाले उम्मेदवार दल रावल ७१५८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका ठान वहादुर रोकायले ४ हजार ८ सय ११ मत प्राप्त गरेका थिए ।   प्रदेश सभा ख  ६ नं क्षेत्रका मुख्यमन्त्रीका प्रत्याशीका रुपमा हेरिएका पूर्व मन्त्री कांग्रेस नेता जीवन वहादुर शाही ३ सय ६ मतले अगाडि छन् । उनले २१०१ मत प्राप्त गर्दा प्रतिशपर्धी माओवादी उम्मेदवार विजय भण्डारीले १६९६ मत प्राप्त गरेका छन् ।  

प्रतिकृया दिनुहोस

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला