निर्वाचन अपडेटः वाम गठवन्धन ५ सिटमा विजयी, कांग्रेसले खाता खोल्यो

  निर्वाचन अपडेटः वाम गठवन्धन ५  सिटमा विजयी, कांग्रेसले खाता खोल्यो

काठमाडौं २२, मंसिर ।  पहिलो चरणमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रारम्भिक परिणाममा वाम गठबन्धनले अग्रता लिएको छ ।  मंसिर १० गते सम्पन्न निर्वाचनको मतगणना बिहीवार साँझदेखि शुरु भएको छ । जारी मतगणनाको मतपरिणाम अनुसार बाम गठवन्धनले ५ ठाउँमा विजय हात पारेको छ भने सत्तासीन नेपाली कांग्रेसले प्रदेश सभा तर्फ १ स्थान जितेको छ ।

प्रतिनिधिसभा तर्फ मुस्ताङबाट एमालेका प्रेमप्रसाद तुलाचनले जीतको खाता खोले तुलाचन ३५४४ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मत पाए । गौचन झिनो मत अन्तरले पराजित भएका छन् ।   यस्तै पूर्वी रुकुमबाट माओवादीकी कमला रोकाले जितको खाता खोलिन् । उनले १० हजार ४३४ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिसंकर घर्तीले ४,४०६ मत ल्याए । नयाँ शक्तिका उम्मेदवारले १,४८९ मत ल्याए ।

प्रतिनिधिसभातर्फ नै एमालेले दोस्रो जीत दर्ता गरेको छ । मनाङबाट नेकपा एमालेका उम्मेदवार पाल्देन छेपाङ गुरुङ २,३०० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २०२१ मत ल्याए ।

प्रदेशसभातर्फ नेकपा एमालेले मुस्ताङबाट खाता खोल्यो । मुस्ताङ प्रदेश सभा खबाट एमालेका इन्द्रधारा विष्ट विजयी भए । उनले १ हजार १ सय ६७ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका मिङमार गुरुङले ६५७ भोट पाए ।

मुस्ताङको प्रदेश कमा पनि नेकपा एमालेकै महेन्द्रबहादुर थकाली २५८४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस मिक्यु गुरुङले २२५९ मत पाए ।

नेपाली कांग्रेसले पनि जीतको खाता खोलेको छ । कांग्रेसका उम्मेदवार मनाङको प्रदेशसभा क निर्वाचन क्षेत्रमा विजयी भएका हुन् । मनाङको प्रदेशसभातर्फ  ९क० मा कांग्रेस उम्मेदवार चिन्तबहादुर घले ९९८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाए ।

दिपक मनाङे पनि विजयी

मनाङको प्रदेशसभा ९ख० मा भने स्वतन्त्र उम्मेदवार दिपक मनाङे उर्फ राजिव गुरुङ विजयी भएका छन् । गुरुङले १४१० मत ल्याउदा उनका प्रतिद्धन्दी कांग्रेसका कर्म गुरुङले १०२० मत पाएका छन् ।

गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा थुप्रैपटक प्रहरीले पक्राउ परेका उनी प्रदेशसभामा विजयी भएका हुन् ।    

प्रतिकृया दिनुहोस

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला