भोट दिएपछि वृद्धवृद्धा भन्छन् ‘अब के–के गर्ने हुन’

  भोट दिएपछि वृद्धवृद्धा भन्छन् ‘अब के–के गर्ने हुन’

 काठमाडौं २१,मंसिर । जीवनको उत्तरार्ध । लप्पनछप्पन छैन । जिन्दगीभर त्यस्तै हो । कुनै पार्टी भनेरपनि हिडिएन् । आफ्नो इच्छा लागेको चिन्हमा छाप लगाए ।  ७५ वर्षीय भाइकाजी महर्जन फिस्स हाँसे । उनले भने,‘भोट दियौं अब के–के गर्ने हुन ?’

बिहान ८ बजे काठमाडौ क्षेत्र नं ४ अन्तर्गत पर्ने श्रम माध्यमिक केन्द्रमा मतदान गरेका उनले यसपाली भोट हाल्न निकै सजिलो भएको अनुभव सुनाए । ‘पञ्चायतमा पनि भोट हालियो,०४७ सालमा पनि हालियो तर यो पल्ट निकै सजिलो’ उनले भने । देश विकास होस् त्यही हो हामीललाई भत्ता आओस् मेरो भनाइ यही हो । सँगै रहेकी ५५ वर्षीय मनमाया घिमिरेले पनि उनकै कुरामा सही थपिन । हामी त जसले राम्रो गर्यो उसलाई दिने हो मनमायाले भनिन्‘भोट दिइयो अब जितेर कसले के–के गर्छन, हेर्नुपर्छ ।’ युवा, तन्नेरीदेखि वृधवृधा भोट हालेपछि निकै उत्साही देखिन्थे ।  

पन्चायतकाल देखि गणतन्त्रसम्म पटक–पटक मतदान गरेकाहरुको एउटै भनाई थियो‘मुलुकमा अब केही हुन्छ कि ।’ कुमारीगाल निवासी भाइकाजीलाई मुलुक अब संघीय नेपाल भएको राम्ररी थाहा रहेछ । भने‘यसपाली प्रदेशको उम्मेदबार पनि चुनियो ।’ पहिलो चरणमा मतदान गर्नु भएकी षडानन्द नगरपालिका–७ की ९२ वर्षीय तिलोत्तमा अधिकारीको कामना पनि मुलुक छिटै विकास होस भन्ने छ । मतदान गरेर फर्केपछि उनले भनिन्‘भोट दिइयो,यो महादान हो सबैको राम्रो भन्छु ।’ उनले भोजपुरको सिंहवाहिनी आवासीय विद्यालयबाट मतदान गर्नुभएको थियो ।     

 

प्रतिकृया दिनुहोस

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला