शीर्श नेता कसले कहाँ गरे मतदान ?

शीर्श नेता कसले कहाँ गरे मतदान ?

            

 काठमाडौं २१ मंसिर– प्रमुख दलका केही शीर्ष नेताहरुले विहानै मतदान गरेका छन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित आधारभूत शान्ति प्रावि केन्द्रबाट मतदान गरे । उनले बिहान ७ बजेर १३ मिनेट केन्द्रकै पहिलो मतदान गरेका हुन् ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँस्थित व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रमा मतदान गरेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराबाट बिहान साढे ८ बजे मतदान गर्दैछन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीले भक्तपुरबाट मतदान गर्दैछन् ।  राप्रपा अध्यक्ष, उपप्रधानमन्त्री तथा मकवानपुर क्षेत्र नं९१ का प्रतिनिधिसभा प्रत्यक्ष तर्फका उमेदवार कमल थापाले हेटौंडा ९६ चौघडा स्थित वंशगोपाल बहुमुखी क्याम्पसमा मतदान गरेका छन् । 

पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङले इलाम नगरपालिका ७ स्थित वालमन्दिर आधारमूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्। नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका स्थित बम्घा निमावि केन्द्रबाट मतदान गरे । एमाले नेता शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका १९ विजौरीबाट मतदान गरेका छन् । सूर्य चुनाव चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका हृदेश त्रिपाठीले नवलपरासीको केवलपुरस्थित जनजाग्रिती विद्यालयबाट मतदान गरेका छन् । 

पूर्बगृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोट नगरपालिकाको सूर्यज्योती मावि केन्द्र ख मेहलकुनाबाट मतदान गरेका छन् ।उनी सुर्खेत क्षेत्र नं। १ का नेपाली कांग्रेसका उम्मेदवार हुन् ।  एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावलले अछामको साँफेबगर नगरपालिका ९६ रिठागाउँ स्थित चन्द्रोदय आधारभुत विद्यालयको केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिकृया दिनुहोस

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला