दोस्रो चरणको निर्वाचनमा कहाँ के भयो ?

    दोस्रो चरणको निर्वाचनमा कहाँ के भयो ?

विहीबार ४५ जिल्लामा सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन छिटपुटका घटना बाहेक शान्तिपूर्ण ढङगले सम्पन्न भएको छ । निर्वाचनमा कतै बम विस्फोट त कतै झडपका घटना त सामान्य नै भए । कतिपय स्थानमा किरिया पुत्रीले मतदान गरे त कतै मतदान गर्न गएका व्यक्ति नै घर नफर्केको घटना पनि भयो । एउटा मत केन्द्रमा कोही पनि भोट हाल्नै गएनन् । २१ गते सम्पन्न निर्वाचनमा भएका विविध घटनाहरु नारायणी लामिछाने र मिलन बिक्रम सिंह बस्नेतले संकलन गरेका छनः  

यस निर्वाचनमा सबैभन्दा बढी उमेरकी स्याङजाकी १ सय १५ वर्षकी डल्लीमायाले मतदान गरेकी छिन् । कास्की जिल्लामा अक्सिजनको सिलिण्डर सहित पोखराकी ८५ बर्षीय रत्नादेवी कार्कीले मतदान गरिन् ।   सिके राउतको धम्कीका कारण सप्तरीको महादेवा स्थानमा ९ सय ६० जना मतदाता रहेकोमा कोही पनि भोट हाल्न गएनन् । पाल्पाको रिब्दिकोट गाउपालिकामा मलामीहरु शव बोकेरै मतदान केन्द्रमा पुगेर मत खसाले । अछाम जिल्लाको मंगलशेन नगरपालिका वडा नं. ५ को सोरसा मा.वि मतदान केन्द्रमा  किरिया पुत्री बसेका रतिभाटका १९ छोराहरुले मतदान गरेका छन् । मोरङ, पर्वत, उदयपुर लगायतका बिभिन्न जिल्लामा किरीयापुत्रीले मतदान गरेका छन् । काभ्रेपलान्चोक जिल्लाको बनेपामा मतदान गर्ने क्रममा कृष्ण कर्मचार्यको मतदान स्थलमा नै निधन भएको छ । पाल्पाको रामपुरका नगरपालिका ६ का ८० वर्षीय झुलबहादुर कुमालको मतदान गरेर घर फर्कने क्रममा बाटोमा नै मृत्यु भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन शिवनगरमा विहान ७ बजे पहिलो मतदान गरे । उनले पहिलो पटक सूर्यमा मतदान गरेका छन् । काठमाडौं क्षेत्र नं ६ का प्रतिप्रर्धी कांग्रेसका उम्मेदवार भीमशेनदास प्रधान र माओवादीका उम्मेदवार झक्कु सुवेदीबीच मतदान स्थलमै जम्का भेट भयो ।  

 

 

 

 

 

प्रतिकृया दिनुहोस

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला