शिवपुजनले चुनाव लड्न नपाउने

काठमाडौं २०, मंसिर । सर्वोच्च अदालतले वाम गठवन्धनबाट सर्लाही ४ मा उम्मेदवार रहेका शिवपुजन राय  उम्मेदवार बन्न नपाउने फैसलामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै उनको उम्मेदवारी खारेज भएको छ ।

रायको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गर्दै मुद्दाको अन्तिम फैसलामा व्याख्या गर्ने बताएपछि उनको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कायमै रहने छ। राय सर्लाही ४ मा वाम गठवन्धनबाट माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभाको लागि उम्मेदवार रहेका थिए।

न्यायाधीश दिपकराज जोशी र डम्बर बहादुर शाहीको इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला गरेको हो। पहिलो संविधान सभामा मधेसी जनअधिकार फोरमबाट सभासद रहेका उनलाई रातो पासपोर्ट दुरुपयोगको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको थियो। लगत्तै उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए । जुन मुद्दा विचाराधीन छ।

प्रतिकृया दिनुहोस

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला