मौन अवधिको पालना गर्न के–के नगर्ने ?

मौन अवधिको पालना गर्न के–के नगर्ने ?

 काठमाडौं १९, मंसिर ।  पर्सि २१ गते ४५ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गएराती १२ बजेपछि मौन अवधि लागू भएको छ । मौन अवधिमा कुनै पनि राजनीतिक दलले भोट माग्ने प्रचार प्रसार गर्ने कार्य गर्न नपाउने भएकाले त्यस्ता कार्य नगर्न  निर्वाचन आयोगले सरकार, राजनीतिक दल,कार्यकर्ता, विभिन्न संघसस्था र मिडियालाई अनुरोध गरेको छ ।  

 मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए  ।  

मौन  अवधिमा के–के पालना गर्नुपर्ने ?

१. निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने । २. मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।

३.  एस.एम.एस., फेसबुक, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।

४. मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

चुनाव हुने ४५ जिल्लाहरुः प्रदेश नं १, इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी,

प्रदेश नं २, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट,

प्रदेश नं ३, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर,

प्रदेश नं ४, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व तनहुँ, कास्की, स्याङ्जा र पर्वत,

प्रदेश नं ५, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया,

प्रदेश नं ६, सल्यान, सुर्खेत र दैलेख

प्रदेश नं ७, कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी ।  

प्रतिकृया दिनुहोस

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला