काठमाडौं । नेपाली सर्ट मुवी सेल्फी थ्रीले युट्युबमा नयाँ उचाई कायम गरेको छ । तीन वर्षको दौरान मुवी करौडो दर्शकका आँखामा पर्न सफल भएको छ ।
पछिल्लो गणना अनुसार मुवीेको भ्युयर्स रेकर्ड तीन करोडको नाघेको छ । यस्ता विधाको नेपाली संस्करणको सम्भवतः सर्वाधिक विन्दु हो । पात्रहरू मोनिका, रमुना अनि राजीवका वरिपरि घुमेको यस चलचित्रको समग्र प्रस्तुति आकर्षक र युवा केन्द्रित छ । पछिल्लो समयमा फस्टाउँदो क्रममा रहेको छोटा चलचित्रको बजारको आफ्नै विविधता रहेको छ । त्यसै क्रमको दर्शक रुचिको दौडमा यसले बाजी मारेको हो ।
अनलाइन ब्यापार तथा उरन्ठेउला ग्राहक अनि बिक्रेताको सामान्य रमाइलोका रूपमा रहेको यसको कथानक हात्ती आयो हात्ती आयो फुस्सामा टुंगिन्छ । काठमाण्डुस्थित सुन्दरीजलको मनोरम पोखरी अनि नुहाउने रुची स्वभाविक लाग्ने यस चलचित्रका कथाकार तथा निर्देशक मधु बोगटी हुन् भने शिव म्युजिक इन्टर्नेशनल नामक देशइतरको युट्युबमा हेर्न सकिने प्रस्तुत उत्पादन लगभग एघार मिनेटको रहेको छ ।
प्रकाशित ११ साउन २0७७ , आइतबार | 2020-07-26 07:05:56
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार