एजेन्सी/चर्चित बलीवुड अभिनेता इरफान खानको ५३ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्य बिग्रिएपछि मङ्गलबार उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उनी २ वर्षदेखि क्यान्सरबाट पीडित थिए।
लन्डनमा उपचारपछि उनका स्वस्थ्यमा केही सुधार आएको थियो । त्यसपछि उनले फिल्म ‘अंगे्रजी मिडियम’को सुटिङ समेत गरेका थिए । यो नै उनको अन्तिम फिल्म बन्न पुग्यो ।
फिल्मका निर्देशक सुजित सरकारले ट्वीट गरेर इरफानको निधन भएको जानकारी गराएका छन् । उनले लेखेका थिए,‘मेरो असल साथी इरफान तिमी लड्यो,लड्यो,धेरै लड्यो,म तिमीप्रति सधैं गर्व गर्दछु, शान्ति,ओम शन्ति । इरफान खान तिमीलाई सलाम ।’
‘उनी त्यस्ता कलाकार हुन् जसले आफ्नो कलाकारिताको जादूले दर्शकहरूलाई आफ्नो बनाएका थिए’ भारतीय सञ्चार माध्यमले इरफानबारे टिप्पणी गरेका छन् । उनको अभिनयको धेरैले प्रशंसा गरेका छन्। शनिबारमात्र इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो। लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएका थिएनन् ।
इरफानलाई सानैदेखि अभिनयमा रूची थियो । त्यसलै उनले फिल्ममात्र नभएर टिभी सोमा समेत काम गरेका थिए । चाणक्य,चन्द्रकान्ता र स्टार बेष्ट सेलर्स जस्ता धारावाहिक टेलिसिरियलको अभिनयपछि उनलाई लागि वलिउड फिल्म इन्डष्ट्रीको ढोका खुलेको थियो । त्यसपछि उनी हलिउड फिल्ममा समेत खेल्न पुगेको थियो । इरफानको पहिलो फिल्म ‘सलाम बाँम्बे’ हो ।
उनको हिट फिल्ममा पान सिंह तोमार, द लन्च बोक्स, तलवार, मकबूल, लाइफ अफ पाई, जुर्यासिक पार्क, मुम्बई मेरी ज्यान, स्लमडग मिलिनियर,साहेब,बीवी र ग्याङस्टार रिटनर्स लगायत छन् ।
उनले एउटा राष्ट्रिय र तीन ओटा फिल्म फेयर अवार्ड जितेका थिए । सन् २०११ मा उनलाई पद्मश्री पुरस्कारबाट सम्मान गरिएको थियो ।
इरफान मस्तिष्कमा हुने न्यूरोएन्ड्रोक्राइन ट्यूमरबाट पीडित थिए। दुई वर्षअघि उनको रोग निदान भएको थियो।
प्रकाशित १७ बैशाख २0७७ , बुधबार | 2020-04-29 08:07:24
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार