काठमाडौ । इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले कर्मचारीको कोरोना बीमा गरेको छ ।
कोरोना महामारीको विषम अवस्थामा निरन्तर सेवामा खटिरहेका कर्मचारीको उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह एवम् उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान होस भनेर कम्पनीले हाल कार्यरत कर्मचारीको कोरोना बीमा गरेको विज्ञप्तिमा मार्फत जानकारी दिएको छ ।
क्लासिक टेकले यस्तो परिस्थितिमा पनि अत्यावश्यक इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । यस्तो अवस्थामा सेवामा खटिएका कर्मचारीका लागि कम्पनीले पीपीई, र सुरक्षित किट्सको व्यवस्था गरेको जनाएको छ ।
प्रकाशित ९ जेठ २0७७ , शुक्रबार | 2020-05-22 04:53:17
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार