काठमाडौं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले डिजिटल माध्यमबाट इन्टरनेटको महसुल भुक्तानी गर्न सेवाग्राहीलाई अनुरोध गरेको छ ।
लकडाउनको समयमा कम्पनीले सेवाग्राहीलाई बिल भुक्तानीमा समयस्या भएको भन्दै डिजिटल माध्यमबाट वा सेवाग्राहीले चाहेमा कम्पनीका कर्मचारीहरू घरमै आउने व्यवस्था गरिएको जनाएको छ । कम्पनीले बिल भुक्तानीका लागि आवश्यक परेको ग्राहकहरुका घरमा कर्मचारीहरु सुरक्षा पोसाक र पर्याप्त सेफ्टी किटकासाथ ३ मिटरको दुरी राखेर बिल भुक्तानीको निम्ति परिचालन गरिने जनाएको छ ।
नेपाल दूरसंचार प्राधिकरणबाट जारी सूचना र बिभिन्न अनलाइन मिडियामा प्रकाशित इन्टरनेट सेवा सुचारु राख्ने सम्बन्धी सूचनालाई यस इन्टरनेट सेवा प्रदायक संस्थाले गम्भीर रुपमा लिएर सेवा प्रवाहलाई निरन्तरता दिँदै आएको पनि कम्पनीले जनाएको छ ।
‘संस्थासँँग आवद्ध सेवा प्रदायकले शाररीक रुपमा अशक्त ,घरमा कुनै सहयोगी नभएका बृद्धवृद्धा, घरायसी ग्राहकहरुका हकमा हामी सेवा प्रदायकले उक्त सूचनामा उल्लेख भए सरह नै बिना भुक्तानी सेवाको निरन्तरता गरिरहेको कुरा पनि अवगत गराउन चाहन्छौ’ कम्पनीको विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित ९ बैशाख २0७७ , मङ्गलबार | 2020-04-21 08:16:20
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार