काठमाडौं। इन्टरनेट सेवा प्रदायक क्लासिक टेक कम्पनीले लकडाउनको अवाधिमा पनि पनि सेवा प्रवाह गर्ने भएको छ । कम्पनीले त्यसका लागि क्लासिक टेकले कोभिड १९ फाइबर टास्क फोर्स स्थापना गरेको छ। कम्पनीले बैंक, अस्पताल र कर्पोरेटको सिस्टम डाउन भएमा मर्मत गर्न यो फोर्स स्थापना गरेको जनाएको छ ।
लकडाउनमा अनलाइन बैंकिङ, अनलाइन एजुकेसन, कर्पोरेट काम र अनलाइन मेडिकल परामर्श जस्ता चुनौतीपूर्ण कामलाई निरन्तरता दिनुपर्ने भएकाले कम्पनीले आफ्नो टिममार्फत सेवालाई प्रभावकारी बनाएको दाबी गरेको छ।
कम्पनीले आफ्ना कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी समय समयमा स्वास्थ्य परीक्षण गराएको समेत जनाएको छ। कम्पनीका अनुसार सुरक्षा पोसाक र पर्याप्त सेफ्टी किटको प्रवन्ध समेत मिलाइएको छ।
ती कर्मचारी तथा उनीहरुका परिवारलाई स्वास्थ्यमा कुनै असर पर्न नदिने कम्पनीले कार्यालयमै खाने र बस्ने व्यवस्था मिलाएको विज्ञप्तिमा उल्लेख छ। लकडाउनका बेला सबै जना घरमै बस्न विवश भएकाले इन्टरनेट अत्याधिक मात्रामा प्रयोग भइरहेको छ ।
प्रकाशित ३0 चैत्र २0७६ , आइतबार | 2020-04-12 03:28:02
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार