लाखौं पर्यटक दिनहुँ देश–विदेशको यात्रामा निस्कने गर्छन् । कोही रमाइलोका लागि घुम्छन भने कतिले नयाँ–नयाँ ज्ञान र अनुभव प्राप्तिका लागि यात्रा तय गर्छन् । तर, खोटाङ बाकसीला–९ का चन्द्रदीप राईको यात्रा उद्देश्य नितान्त भिन्न छ । उनी १२ वर्षदेखि विश्व यात्रामा छन् । उद्देश्य छ, ‘बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने सन्देश संसारभर स्थापित गराउनु । यस कार्यका उनी एक्ला वृहस्पति हुन् । ७६ ओटा देशमा पाइला टेकि सकेका राई भन्छन् ‘जहाँ पुगे पनि सन्देश उल्टो पाएँ ।’ जापानको एउटा संग्रालयमा ‘बुद्ध भारतमा जन्मिएको’ उल्लेख छ । यो देख्दा साह्रै चित्त दुख्छ । यस्ता घटनाले मेरो यात्रालाई उर्जा दिन्छ । आफ्नै निजी खर्चमा विभिन्न देशमा डुल्ने राई सानो कार्यक्रम गर्छन र ‘बुद्ध वाज बर्न इन नेपाल’ नामक टि सर्ट बाड्छन् र अर्को देशको यात्रामा निस्कन्छ । एक जुगको विश्व यात्रामा राईले भोगेका तीतामिठा अनुभव समेटेर अमरवाणी डट कमका रमेश दवाडीले तयार गरेको यो आलेखः
संसार घुम्न सोचे जस्तो सजिलो छैन् । धन, मन भएर मात्र पनि घुम्न संम्भव छैन् । सम्बन्धिन देशले भिषा र भाषाले पनि कहिलेकाही निकै समस्या ल्याउछ । मैले सन् २००८ मा उत्तरी छिमेकी चीनबाट यात्रा थालेँ । अभियान थियौं ‘बुद्ध वाज बर्न इन नेपाल’ । हामी तीन जना साथी दक्षिण कोरिया र चीन गएका थियौं । मेरो जापानको पनि भिसा थियो । टिकटमा चीनमा ट्रान्जिट हुने उल्लेख थियो । सोही बमोजिम हामी चीनको व्यापारिक सहर संघाईमा उत्रियो । होटल पुगेर ‘हामी बस्ने यहाँ हो’ भनेर अंग्रेजीमा सोध्यौं । होटलको स्टाफले अंग्रेजी बुझेन् । जवाफ आएन । हामी चाइनिज नबुझ्ने । उनीहरू अंग्रेजी नजान्ने । पहिला फर्साद १ पहिलो–पहिलो यात्रा असिनपसिन भैइयो । रातीको ८ बजेको थियो । हामी एयरपोर्ट फर्कियो । त्यहाँ भाषा ट्रान्सलेट हुने एप रहेछ । त्यसले सहयोग गर्यो । होटलमा फोन गरिदियो । फेरि त्यही होटल पुग्यौं । ट्राभलले लन्चको पनि व्यवस्था छ भनेको थियो । तर, हामीलाई लन्च नै भने एक–एक पिस पाउरोटी पो दियो । दिनभरको थकान र भोक । रात कटाउन मुस्किल हुने भो भनेर हामी होटल बाहिर निस्क्यौं । धन्य बाहिर खाना त पाउने रहेछ । तर, हामीसँग चाइनिज पैसा थिएन् । डलर मात्र थियो ।
एयरपोर्टमा साथीहरूलाई चाइनिज पैसा साटौं भनेको थिए साथीहरूले मानेनन् । धेरै खर्च गर्नु हुँदैन भने । पैसा साटिएन । पैसा नसाटिएको समस्या बाहिर खान जाँदा भयो । एकजना साथीले डलर दिन्छु खानेकुरा ले भनेर मागे । माग्दा सीधै हुँदैन भने । डलर चल्दैन भने । (हाँसो...) रातीको समय त्यहीँमाथि भोकले प्याकप्याक भएको अवस्थामा खानको समस्या भयो । अनि हामी होटल फर्किऔं । मैले चिउरा, चाउचाउ लगेको थिए त्यही खाएर रात काटियो । त्यसपछि कोरिया पुगियौं । म जापान पनि गएँ । साथीहरू फर्किएपछि म एक्लै भएँ । चीनको एयरपोर्टमा मलाई ट्राभलले गाइडको नाम सहित भनेको थियो– तिमीलाई लिन आउँछ । तर, २/३ घण्टा पर्खिंदासम्म कोही पनि लिन आएन । एक्लै भएँ । आत्तिए । ज्यादै नमज्जा पनि लाग्यो । आइडिया लगाए । ट्याक्सी ड्राइभरलाई फोन गरिदिन आग्रह गरेँ । अनि बल्ल गाइडसँग सम्पर्क भयो । गाइडले उल्टै थर्कायो, तपाईँको कम्पनीले रङ लोकेशन दिएको हुनाले हामी लिन आउन असमर्थ भयौं । उसले ट्याक्सीबाट होटलमा जाने सुझाव दियो । पाँच सय तिरेर म होटल पुगेँ । यहाँ पनि भाषाकै समस्याले दुःख दियो ।
चीन भ्रमणका दौरान म गाउँगाउँमा पनि गएँ । पाँच हजार वर्षको ऐतिहासिक सम्पदाको अवलोकन गर्न त्यहाँ पुगियो । पाँचदिने बसाईका क्रममा मैले ती स्थानमा पनि आफ्नो कार्यक्रमबारे जानकारी गराएँ । त्यस फर्केर संघाई जानुपर्ने थियो । त्यहाँबाट ३ हजार किलोमिटर दुरीमा पर्छ । गाइड नजाने भयो । एक्लै यात्रा गर्नुपर्ने भो । भीडभाड् उस्तै रेलको रूटिन मलाइ थाहा थिएन् । ट्रेन चढेँ । म पुग्नुपर्ने गन्तब्यमा भोलिपल्ट पुगेँ ।
00
जापान विश्वकै चर्चित देश । त्यहाँ वुद्धिष्ट पनि थुप्रै छन् । विकासमा पनि अग्रस्थानमा रहेको संसारकै सुन्दर देश लाग्छ जापान । मलाई फेरि पनि जापान घुम्ने इच्छा छ । यहाँको सरल जनजीवन र कामप्रति इमान्दार हुने राम्रो प्रचलन छ । मेरो गन्तब्यमा पुग्न टोकियो एयरपोर्टबाट ६/७ घन्टा हिड्नुपर्ने रहेछ रेलमा । रेल चढेर टोकियो स्टेशन पुगेँ । म पुग्नुपर्ने ठाउँ यो स्टेशनबाट केही पर थियो । म स्टेशनमै उत्रिएछु । फेरि अलमलमा परेँ । साथमा तिब्वतीयनहरू पनि थिए । रातिको समय थियो । त्यो रात सडकमै सुत्नु पर्यो । निन्द्र त के पर्नु रात काटियो । जापानीहरू २४ घन्टा काम गर्दा रहेछन् । रेल स्टेशन पनि एक घण्टाका लागि सफा गर्न बन्द गर्दो रहेछ । मैले नबुझेर रोडमा सुत्नु परेको हो । आफ्नै गल्तीले त्यो अवस्था आएको हो । म २२ दिन जापान बसँे । फर्किदा नागासाकीमा समस्या भयो । त्यहाँबाट चारओटा रेल चढेर एयरपोर्टमा आउनुपर्ने । मलाई कहाँ–कहाँ रेल परिवर्तन गर्ने थाहा भएन् । कस्तो समस्या भयो भने, एकातिर पिसाबले च्यापेको छ, अर्को्तिर रेल छुट्ने होकि भन्ने डर । पिसाव फेर्न गयो रेल छुट्ने, रेल समात्यो पिसाव लागेको छ । ‘पिसाव फेर्ने ठाउँ काँ’ भनेर सोध्न थाल्दा रेल हिंडिसेकेको हुन्छ । एक सेकेन्ड ढिला भयो भने रेल छुट्ने । नाकासाकीबाट एयरपोर्टसम्म आउँदा धेरै दुःख पाएँ ।
मैले घुमेका ७५ ओटा देश मध्येमा राम्रो लागेको जापानै हो । फेरि पनि जाने सोच छ । प्राकृतिक सौन्दर्य, विकासको अवस्था, मानिसहरूको व्यवहार र अनुशासनबाट म प्रभावित छु । त्यहाँ कसैलाई विदेभ गदिदैन् । सबैलाई समान व्यवहार गरिदो रहेछ । सफा चिल्ला सडक साच्चै सुन्दर । मेरो कल्पनाको स्वर्ग जापान नै हो । म कहिल्यै पनि नबिर्सने, अवस्मरणीय ठाउँ भनेको जापानको हिरोसिमा र नाकासाकी हो । सन् १९४५ मा दोस्रो विश्व युद्द हुँदा अमेरिकाले बम हानेर ध्वस्त बनाएका यी दुइ सहरमा हजारौंको एक चिहान भएको थियो । निर्दोष निहत्था मानिस मारिए । जापानीहरूले यसको ठूलो प्रतिसोध बोकेका रहेछन् । उनीहरूले त्यो ठाँउ जस्ताको त्यस्तै संरक्षण गरेर राखेका छन् । ७० वर्षपछि २०१७ मा अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामाले जापानको भ्रमण गरेर उक्त क्षेत्रको निरीक्षण गरेका थिए । ओबामाको त्यस भ्रमणले जापान–अमेरिकाको सम्बन्धमा नयाँ अध्याय थपेको टिप्पणी गरियो । तैपनि सर्वसाधारण स्तरमा अमेरिकाप्रतिको प्रतिसोधको भावना उस्तै छ ।
oo
म बिहान मलेसिया जानुपर्ने थियो । मलाई गाडी लिन आएन् । मैले गाडीवालाई फोन गरेँ । मलाई ट्याक्सी समातेर जा भन्यो । ट्याक्सी समातेर म गएँ । ट्राभललाई फोन गरेँ । मलाई एयरपोर्ट पु¥याएन । आफ्नो पैसा तिरेर गएँ । मलेसियाको पर्यटकीय क्षेत्र जेन्टिक हाईलाइट गएँ । त्यो चैं नेपालको हिमाली क्षेत्र जस्तै हो । पहाडको टुप्पामा पर्छ । त्यहाँ जानका लागि गाइड गाडीबाट आउने भयो मलाई केवलकारको टिकट काटिदिएको रहेछ । केवलकारले मलाई त त्यहाँ १५ मिनेटमै पु¥यायो । मेरो गाइडलाई त दिनभरी लाग्ने रहेछ । त्यहाँ गएर बस्दाबस्दा दिक्क लाग्यो । के गर्ने होला भनेर सोच्न थालेँ । बल्लबल्ल पछि मात्रै गाइड फेला प¥यो । अनि होटलमा आउने कुरा भयो । भौचर देखाइयो । गाइडले मलाई होटलमा बस भनेर अह्रायो । म भोलि घुमाउन आउँछु भन्यो । म होटलमा गएँ । होटलको भौचर त दियो तर कुन कोठा हो भन्ने थाहा भएन मलाई । होटल पनि फेरि ७०/७५ तलाको हुँदो रहेछ । होटलको तलमाथि तल माथि गर्दागर्दा... भेट्दै भेटिन् । मान्छेलाई सोध्दा माथि मात्रै भन्छन् । प्रायः त्यसदिन दिनभरी नै तलमाथि गरेँ होला । पछि केही सिप नलागेपछि के रहेछ त यो भौचरमा भनेर यसो हेर्छु त कोठा नम्बर त्यहाँ लेखेको रहेछ । मेरो कोठा ६४ तला माथि रहेछ । अनि म लिफ्ट चढेर उक्त कोठामा पुगेँ । जतिपनि देशको यात्रा गरेँ मेलेसिया जस्तो भलुर देश अरू कुनै लागेन् । मलेसियामा मलाई गाइडले नै ठ्ग्यो ।
00
क्याम्बोडिया जाँदा म थाइल्यान्ड हुँदै गएको थिएँ । त्यतिबेला मेरो २२ दिने यात्रा थियो । क्याम्बोडियाको एयरपोर्टमा उत्रेपछि गाइड आयो । उसले म लाई यहीँ एकछिन बस्दै गर भनेर ऊ मेरो पासवर्ड लिएर गायब । दिनभर पनि आएन । भिसा लगाएर ल्याउँछु भनेर गएको मान्छे बेपत्ता फरार । पछि कुरो बुझ्दै जाँदा त भिसा लगाउने ठाउँमा लामो प्रक्रिया रहेछ । त्यहि गरेर अबेर भयो गाइड आउन । म भने आलसतालस भएर रोडमै बसेँ । लामो कुराइपछि मेरो गाइड आयो । रूस घुम्दा पनि केही समस्या झेलेँ । त्यहाँको तापक्रम ४० डिग्री थियो । मैले यतिको गर्मी कतै खेपेको थिएन् । अक्सिजनको कमी भएर समस्या भयो । अमृत सागरमा हिउँमात्रै जमेको हुन्छ । त्यहाँ कार्यक्रम गर्दा पनि बुद्ध भारतमै जन्मेको भन्ने पाएँ । उनीहरूलाई ‘टी सर्ट’ दिँदै बुछ बुद्ध नेपालमा जन्मिएका हुन् भन्दा कतिपयले जिब्रो टोक्थे । वास्तवमा सही सूचनाको अभावमा संसार नै अलमलिएको महसुस मैले गरेँ । यो कुरा सरकारी निकायले गम्भीर रूपमा लिनुपर्ने हो । तर, त्यस्तो देखिदैन् ।
00
फ्रान्समा धेरै देशका मान्छे आउने रहेछन् । खासगरी द्वन्द्वक्षेत्रका शरणार्थीलाई यहाँको सरकारले आश्रय दिने रहेछ । चोर्ने, लुट्ने, धम्क्याउने बढी काम सामान्य जस्तै हुन्छ फ्रान्समा । सिरिया, लिविया जस्तादेशबाट पनि मानिसहरू आउँदा रहेछन् । पर्स, क्यामेरा, मोबाइल चोरीबारे सतर्क हुन गाइडले पूर्व सूचना दिन्छ । मैले नामै नसुनेका देश सिल्चेल, मौनिससमा पनि आफ्नो कार्यक्रम सम्पन्न गरे । उनीहरूलाई नेपाल देश नै थाह छैन । बुद्ध त कता हो कता । सगरमाथाबारेमा पनि थाह छैन । उनीहरूलाई बुझउँदा चीन र भारतको बीचमा एउटा स्वतन्त्र देश छ त्यो हो नेपाल भनेर सम्झाउनु पर्ने । ती देशमा जान गाह्रो हुन्छ । सिधै भिसा पाइन्न । यस्ता देशमा जान अराइभल भिसामा जाने हो । युरोपियन देशहरूबाट जाने हो । ५० डलर तिरेपछि जान पाइन्छ ।
रमाइलाका क्षण
घुमेका देशहरू मध्ये धेरै रमाइलो गर्ने ठाउँ दुवई देखेँ । भाषाको पनि समस्याा नपर्ने । हिन्दी, अंग्रेजी चल्ने । नेपाली धेरै भएको हुनाले नेपाली नै बोल्छन् । त्यहाँ यौन क्रिडा पनि चल्ने रहेछ । यौन व्यवसायीहरूलाई सोद्धा जापानिज हुँ भन्थे, १६÷ १७ वर्षका तरूनीहरू । जापानिज, चाइनिज, फिलिपिनी, भियतनामी, मंगोलिया आदि । आइज आइज रिल्याक्स गर्नुपर्छ भन्थे ठिटीहरू । ५० दिराम त होनि भनेर बोलाउँथेँ । एक मनले जा–जा भन्छ तर म गइन् । केही साथीले सस्तो भात पाइन्छ भन्दै दिन बिताउने गरेको पनि देखेँ ।
बुद्धबारे भ्रम
नेपालमा बुद्ध जन्मेका हुन भनेर अनेक किसिमले प्रचार गरिएको छ । केहीदिन अगाडि पनि टुँडिखेलमा ७० हजार मान्छे उतारेर बुद्ध नेपालमा जन्मेका हुन् भन्ने उपदेश दिन खोजेको मैले फेसबुकमा देखेँ । त्यति बेला म युरोप भ्रमणमा थिए । टुँडिखलेमा संख्यात्मक रूपमा मान्छे उतारेर मात्रै हाम्रो अभियान पूरा हुन्छ जस्तो मलाई लाग्दैन् । विश्वभर सन्देश भ्रामक छ त्यसलाई चिर्न त गुणस्तरीय सामग्री अध्ययन/अनुसन्धान गरेर भन्नुपर्ने बेला हो यो । सार्वजनिक स्थलदेखि सर्वसाधारण तहसम्म सन्देश भारतमा जन्मिए बुद्ध भन्ने छ । त्यसैले बुद्ध सम्बन्धी धेरै भ्रम नफिजाऔं । बुद्ध नेपालमै जन्मेका हुन् । तर,यो सन्देश विश्वभर पुरयाउनु पर्यो । मलाई लाग्छ यसरी टुँडिखेलमा मान्छे भेला गर्नुभन्दा अन्तराष्ट्रिय मिडिया मार्फत सन्देश प्रवाह गरे बढी प्रभावकारी हुन्थ्यो जस्तो लाग्छ मलाई । मैले यो अभियानका क्रममा कतिपय तिता अनुभव पनि संगालेको छु । टि सर्ट बाड्दा जर्मन र फ्रान्समा एउटा नेपाली र केही भारतीय मुलका मानिसहरूले मलाई अवरोध नै गरे । उनीहरू के बुद्ध तिम्रो मामा हुन भनेर उडाउथे । म उनीहरूलाइ भन्न चाहन्छु बुद्ध संसारकै हो । सबैको हो । मेरो मात्र होइन । तर, जन्मेको चाहिँ नेपालमा हो । मेरो सन्देश विश्वलाई यही छ । म अझै विश्व फन्को मार्ने क्रममै छु । जहाँ–जहाँ पुग्छु यो सन्देश बोकेर जानेछु ।
प्रकाशित १८ चैत्र २0७४ , आइतबार | 2018-04-01 02:37:21
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार