तीन हजार ७४९ जनामा कोरोना संक्रमण,१९ जनाको निधन

 तीन हजार ७४९ जनामा कोरोना संक्रमण,१९ जनाको निधन

काठमाडौं । नेपालमा थप तीन हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या एक लाख २१  हजार ७४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार १६ हजार ५९८ नमूनाको पीसीआर परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

हाल ३६ हजार ५३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उनीहरु मध्ये संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेसनमा २४ हजार १९४ छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ८२५ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ५६४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८४ हजार ५१८ सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ ।

१९ जनाको मृत्यु

नेपालमा कोरोना भाइसरको संक्रमणबाट थप १९ जनाको निधन भएको छ ।  योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।

उपत्यकामा थपिए १९ सय ३५ संक्रमित

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ९३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौंमा एक हजार ६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ मा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

तीन हजार ७४९ जनामा कोरोना संक्रमण,१९

काेराेना समुदायमा फैलिएकाे छ छैन जान्न

अहिलेसम्मकै उच्चः थप तीन हजार ४३९ जनामा

दुई हजार १२० जनामा कोरोना संक्रमण,संक्रमितको

काठमाडौं उपत्यकामा १,६३८ सहित दुई

सक्रिय संक्रमित २५ हजार नाघे फेरि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला