अहिलेसम्मकै उच्चः थप तीन हजार ४३९ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ९४ हजार नाघ्यो

अहिलेसम्मकै उच्चः थप तीन हजार ४३९ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ९४ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप तीन हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन उच्च देखिएको यो पहिलो हो । योसँगै संक्रमित हुनेको संख्या ९४ हजार २५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस मिटमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा १४ हजार २०९ जनाको आरटीपीसीआर परीक्षण गर्दा उक्त संख्यामा सङ्क्रमित थपिएका हुन् ।

हाल २५ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । संक्रमितहरू घर र संस्थागत आइसोलेसनमा बसेका छन् । क्वारेन्टिनमा चार हजार १६४ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा एक हजार १२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको बताएको छ । हालसम्म ६८ हजार ६६८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

सङ्क्रमण सक्रिय भएकामा मध्ये २३३ जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेर उपचार भइरहेको छ ।

पछिल्लो चौबीस घण्टामा १५ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कुल ५७८ जनाको मृत्यु भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

काठमाडौंमा संक्रमण बढ्दै

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ६८४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

तीन हजार ७४९ जनामा कोरोना संक्रमण,१९

काेराेना समुदायमा फैलिएकाे छ छैन जान्न

अहिलेसम्मकै उच्चः थप तीन हजार ४३९ जनामा

दुई हजार १२० जनामा कोरोना संक्रमण,संक्रमितको

काठमाडौं उपत्यकामा १,६३८ सहित दुई

सक्रिय संक्रमित २५ हजार नाघे फेरि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला