काठमाडौं । नेपालमा थप दुई हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ९७८ जनाको आरटीपीसीआर परीक्षण गर्दा ती व्यक्तिहरूमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार हाल २१ हजार ३०२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ११ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा एक जहार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जना रहेका छन्।
मन्त्रालयका अनुसार दुई हजार ४४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६२ हजार ७४० सङ्क्रमित निको भएर घर फर्केका छन् ।
पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।
प्रकाशित १७ आश्विन २0७७ , शनिबार | 2020-10-03 10:57:20
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार