काठमाडौं । नेपालमा थप दुई हजार ७२२ थपिएका छन् । यो संख्या अहिलेसम्मकै उच्च हो । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ७३९ ओटा आरटी पीसीआर परीक्षणमा यो संख्यामा सङ्क्रमित थपिएका हुन् । नयाँ संक्रमित आधाभन्दा वढी काठमाडौं उपत्यकाका रहेका छन् ।
उपत्यकका तीन जिल्लामा १६३८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १२८०,भक्तपुरमा १९६ र ललीतपुरमा १६२ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।
३३ सयभन्दा वढी निको भए
देशभर हाल २१ हजार २३४ जना सक्रिय सङ्क्रमित रहेको छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ३०७ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६० हजार ६९६ जना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ७३.६३ प्रतिशत पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको निधन भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारणले मृत्यु हुनेको संख्या ५२० पुगेको छ । योसँगै मृत्युदर शून्य दशमलब ६३ पुगेको छ ।
प्रकाशित १६ आश्विन २0७७ , शुक्रबार | 2020-10-02 11:22:55
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार