काठमाडौं । स्वास्थ्य मन्त्रालयले सक्रिय कारोना संक्रमित २५ हजार पुगेमा पुनः लकडाउन गर्न सरकारलाई सिफारिस गरेको छ । सक्रिय संक्रमितको संख्या २५ हजार नाघे स्वास्थ्यसम्बन्धी पूर्वाधार र जनशक्तिले व्यवस्थापन गर्न कठिन हुने भएकाले यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले भने,‘बुधबार बिहान बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस गरेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ । बैठकले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको प्रवक्ता गौतमले बताए।
प्रकाशित ७ आश्विन २0७७ , बुधबार | 2020-09-23 12:36:30
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार