२ सय ५० जना कोरोना संक्रमित,कुल संख्या ४ हजार ६ सय १४

२ सय ५० जना कोरोना संक्रमित,कुल संख्या ४ हजार ६ सय १४

काठमाडौं। नेपालमा थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ४ हजार ६ सय १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज संक्रमित हुनेमा २३० पुरुष र २० जना महिला रहेको जानकारी दिए ।

संक्रमित हुनेमा सुनसरीका ३ जना, रौटहटका ५७ जना, बाराका ७ जना, धादिङका ७ जना, सर्लाहीका ४ जना, सप्तरीका ९ जना, महोत्तरीका ४ जना, झापाको ३ जना, दाङका ८ जना, रोेल्पाका १४ जना, बाँकेका १३ जना , दैलेखका ४८ जना, सुर्खेतका ७ जना, कपिलवस्तुका २ जना, प्युठानका ४ जना, रुपन्देहीका २९ जना, कैलालीका ७ जना, बाजुराका १८ जना, बझाङका २ जना र नवलपरासी पश्चिमका ६ जना रहेका छन् ।

आज थप १ सय ८७ जना कोरोनो संक्रमण जितेर डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या ८ सय ६१ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख १५ हजार ९ सय ३० जनाको नमूना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट एक लाख ७८ हजार एक सय ४३ को नमूना परीक्षण गरिएको छ ।  अहिले क्वारेन्टाइनमा एक लाख ६२ हजार दुई १३ जना बसेका छन् भने तीन हजार सात सय ३८ जनाको आइसोलेसनमा उपचाररत छन् ।

प्रतिकृया दिनुहोस

तीन हजार ७४९ जनामा कोरोना संक्रमण,१९

काेराेना समुदायमा फैलिएकाे छ छैन जान्न

अहिलेसम्मकै उच्चः थप तीन हजार ४३९ जनामा

दुई हजार १२० जनामा कोरोना संक्रमण,संक्रमितको

काठमाडौं उपत्यकामा १,६३८ सहित दुई

सक्रिय संक्रमित २५ हजार नाघे फेरि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला