कोरोनाबाट मृत्यु हुनेको संख्या ९,बुधबार थप २ सय १ जना संक्रमित

   कोरोनाबाट मृत्यु हुनेको संख्या ९,बुधबार थप २ सय १ जना संक्रमित

काठमाडौं । कोरोनबाट थप एक जनाको मृत्यु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आईसियूमा उपचारत दोलखाका ७६ वर्षीय पुरुषको बुधबार निधन भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जेठ १५ गते कोरोना पुष्टि भएपछि उनको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै आएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । 

अपडेट अनुसार बुधबार थप २ सय १ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू २२ जना महिला र १८९ जना पुरुष छन् । योसँगै कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ । जसमा २१ सय ३० जना पुरुष छन् भने १ सय ७० जना महिला रहेका छन् । त्यस्तै आज १२ जनाले संक्रमण जितेको छन् । कारोना संक्रमण जित्नेको कुल संख्या २ स ७८ पुगेको डा.देवकोटाले जानकारी दिए ।

थपिएका नयाँ संक्रमितहरुमा धनकुटा र सप्तरीका १/१ जना,ताप्लेजुङका ३, पाँचथरका १ , पर्साका ७ , दैलेखका १ , सल्यानका ३ , मोरंङ र झापाका २/२ , तेह्रथुमका १ र सुनसरीका ८ जना रहेका छन् ।

त्यसैगरी कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २ , रुपन्देहीका २६ , महोत्तरीका ९ , दैलेखका ६ , कालिकोटका ७ , दाङका ८ , प्युठानका २ , धनुषाका १ जना, काठमाडौँ मेडिकल कलेज र टोखाका गरी ३ जना, नवलपरासीका ८ , रौटहटका ११ , रुपन्देहीका १, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

पाँचथर,तेह्रथुम र ताप्लेजुङमा संक्रमित देखिएसँगै ६४ जिल्लामा कोरोना फैलिएको छ ।

प्रतिकृया दिनुहोस

तीन हजार ७४९ जनामा कोरोना संक्रमण,१९

काेराेना समुदायमा फैलिएकाे छ छैन जान्न

अहिलेसम्मकै उच्चः थप तीन हजार ४३९ जनामा

दुई हजार १२० जनामा कोरोना संक्रमण,संक्रमितको

काठमाडौं उपत्यकामा १,६३८ सहित दुई

सक्रिय संक्रमित २५ हजार नाघे फेरि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला