कोरोना संक्रमित बढ्ने निश्चित भएपछि ठूलो परिमाणमा स्वास्थ्य सामग्री किन्ने तयारी

कोरोना संक्रमित बढ्ने निश्चित भएपछि ठूलो परिमाणमा स्वास्थ्य सामग्री किन्ने तयारी

जेठ १९, काठमाडौं । मुलुकमा कोभिड–१९ का संक्रमित ठूलो संख्यामा देखिन थालेपछि सरकारले ठूलो मात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा भोगेन्द्रराज डोटेलले संक्रमित संख्या अनुमानभन्दा बढ्ने भएकाले ठूलो मात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरिएको बताए ।           

उनले संक्रमितको  संख्या सोचेकोभन्दा बढ्ने भएकाले तीन महीनालाई पुग्ने गरी एकैपटक सामग्री किन्ने तयारी गरिएको बताए ।

आइतवारसम्म १ हजार ५६७ जना संक्रमित देखिएका थिए । उनका अनुसार स्वास्थ्य सामग्री खरीदका लागि ईपीडीमीयोलोजिष्टको समूह गठन गरेर उक्त समूहले कति आवश्यक सामग्री चाहिन्छ भनेर पहिचान गर्नेछ ।         

  ‘संक्रमितको संख्या हाम्रो हातमा रहेको छैन, केही दिनको तथ्यांक हेर्दा यो संख्या बढ्छ’, उनले भने, ‘त्यसैले पटक–पटक किन्नुभन्दा पनि एकैपटक तीन महीनालाई पुग्ने ठूलो मात्रामा औषधि किन्ने तयारीमा छौं ।’ उनका अनुसार पहिले १ हजार ५०० संक्रमित हुने अनुमान गरेका थियौं । केही दिनअघि मात्र ५ हजारको संख्यामा संक्रमित हुने अनुमान गरिएको छ । 

दैनिक १५० जनाभन्दा माथि संक्रमित देखिन थालेको र विदेशमा रहेका अलपत्रलाई नेपाल ल्याउने सरकारको निर्णयसँगै संक्रमितको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।  अहिले महाशाखासँग १ लाख ७० हजार व्यक्तिगत सुरक्षा उपकरण पीपीई, १४ लाख मास्क, १ लाख ८० हजार एन ९५ मास्क, २८ हजार भीटीएम र ४० हजार आरडीटी मौज्दात रहेको उनले बताए । रासस

प्रतिकृया दिनुहोस

तीन हजार ७४९ जनामा कोरोना संक्रमण,१९

काेराेना समुदायमा फैलिएकाे छ छैन जान्न

अहिलेसम्मकै उच्चः थप तीन हजार ४३९ जनामा

दुई हजार १२० जनामा कोरोना संक्रमण,संक्रमितको

काठमाडौं उपत्यकामा १,६३८ सहित दुई

सक्रिय संक्रमित २५ हजार नाघे फेरि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला