२० जनामा कोरोना,बैतडी र डेडेल्धुरामा पहिलो पटक १/१ जना संक्रमित

 २० जनामा कोरोना,बैतडी र डेडेल्धुरामा पहिलो पटक १/१ जना संक्रमित

काठमाडौँ। नेपालमा पछिल्लो परीक्षणमा थप २० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् ।   संक्रमितहरू बाँकेका १४, कैलाली ३, बैतडीमा १, डडेल्धुरा १ र मोरङमा एक जना रहेका छन् । बैतडी र डडेल्धुरामा पहिलो पल्ट संक्रमित देखिएका हुन् ।

सेती प्रादेशिक अस्पताल धनगढी, भेरी अस्पताल र विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। कैलालीको सरस्वती माविको क्वारेन्टाइनमा रहेका तीन पुरुष, परसुराम १० घर भएका डडेलधुराका एक २८ वर्षीय पुरुष, बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको डा.देवकोटाले बताए । बाँकेका संक्रमित १४ जना १८ देखि ६१ वर्ष उमेर समूहका रहेका छन् । त्यस्तै मोरङको रतुवामाई–२ का एक ४१ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ ।

शुक्रबार मात्र ५० जनामा कोरोना पुष्टि भएको छ । बिहान ९ बजे ३० जनामा कोरोना संक्रमण देखिएको रिपोट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको थियो ।

प्रतिकृया दिनुहोस

तीन हजार ७४९ जनामा कोरोना संक्रमण,१९

काेराेना समुदायमा फैलिएकाे छ छैन जान्न

अहिलेसम्मकै उच्चः थप तीन हजार ४३९ जनामा

दुई हजार १२० जनामा कोरोना संक्रमण,संक्रमितको

काठमाडौं उपत्यकामा १,६३८ सहित दुई

सक्रिय संक्रमित २५ हजार नाघे फेरि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला