थप ३० जनामा कोरोना

  थप ३० जनामा कोरोना

काठमाडौं । नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान ९ बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौं,भरतपुर अस्पतालमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका–६ का ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका–६ केसरबाघका ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन्।

त्यस्तै, नवलपरासी सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका–३  र १८ निवासी ३३, ३५ वर्षीय पुरुषहरु र १५ वर्षीया किशोरी, कपिलवस्तु वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरु र ८ वर्षीया बालिकामा पनि कोरोनाको संक्रमण भेटिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।  

सर्लाही गोडैता नगरपालिका–८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका–७ निवासी २२, २३, २४, २५, २५, २७, ३२, ३४, ३४, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरु र १८ वर्षीया किशोरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै स्वास्थ्यकर्मीकै सम्पर्कमा रहेको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

नेपालमा कोरोनाबाट संक्रमित भएका ४ सय ८७ मध्ये ४९ जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ।

यस्तो छ विज्ञप्तिः

प्रतिकृया दिनुहोस

तीन हजार ७४९ जनामा कोरोना संक्रमण,१९

काेराेना समुदायमा फैलिएकाे छ छैन जान्न

अहिलेसम्मकै उच्चः थप तीन हजार ४३९ जनामा

दुई हजार १२० जनामा कोरोना संक्रमण,संक्रमितको

काठमाडौं उपत्यकामा १,६३८ सहित दुई

सक्रिय संक्रमित २५ हजार नाघे फेरि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला