त्रिवि शिक्षण अस्पतालमा उपचाररत छ वर्षीय बालिकामा कोरोना,चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा

त्रिवि शिक्षण अस्पतालमा उपचाररत  छ वर्षीय बालिकामा कोरोना,चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महारजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई  कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक,नर्सलगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

अस्पतालको न्यूरो वार्डमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । ती बालिकालाई केही दिन अघि कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो । स्वासनलीमा मासु पलाएको देखिएका कारण उनलाई सो अस्पताल ल्याइएको थियो । तर, शल्यक्रिया गर्नु अगाडि सतर्कताका लागि पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालले न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा  सारेको छ ।  उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालका कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

तीन हजार ७४९ जनामा कोरोना संक्रमण,१९

काेराेना समुदायमा फैलिएकाे छ छैन जान्न

अहिलेसम्मकै उच्चः थप तीन हजार ४३९ जनामा

दुई हजार १२० जनामा कोरोना संक्रमण,संक्रमितको

काठमाडौं उपत्यकामा १,६३८ सहित दुई

सक्रिय संक्रमित २५ हजार नाघे फेरि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला