थप तीन जनामा कोरोना पुष्टि

            थप तीन जनामा कोरोना पुष्टि

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) बाट थप तीन जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भारतको दिल्लीबाट आएका ३१, ४३ र ४६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको बताए ।

प्रवक्ता देवकोटाका अनुसार बाराका २ र पर्साका १ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको नारायणी अस्पतालमा उपचाररत भइरहेको छ । सिमराको क्वारेन्टाइनमा रहेको उनीहरुको बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

बुधबार तीनजना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । अहिले विराटनगरमा ३१, वीरगञ्जमा ८ तथा धनगढी र भरतपुरमा १—१ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनुभयो । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । १६ जना संक्रमित व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म देशभरी पिसिआर विधिबाट ११ हजार ५ सय २४ जनाको नमूना परीक्षण गरिएको छ । आरडिटी विधिबाट ४५ हजार ६ सय ६५  नमूना परीक्षण भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा २ हजार ३ सय ६७ परीक्षण भएका छन् ।

प्रदेश १ मा ४ हजार ८ सय ८१, प्रदेश नम्बर २ मा ५ हजार २ सय ९८, बागमती प्रदेशमा ८ हजार २ सय १७ आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । यस्तै गण्डकी प्रदेशमा ५ हजार ३ सय ४३, प्रदेश नम्बर ५ मा ३ हजार ६ सय ७१, कर्णाली प्रदेशमा ५ हजार २ सय ६९ र सुदूरपश्चिममा १२ हजार ९ सय ८६ आरडिटी परीक्षण भएका छन् ।

अहिले २२ हजार ९ सय १ जना क्वारेन्टाइनमा छन् । सबैभन्दा बढी प्रदेश नम्बर ५ मा १२ हजार ५ सय १५ जना क्वारेन्टाइनमा छन् । काठमाडौं उपत्यकामा ४ र बाहिर ८३ गरी ८७ जना आइसोलेसनमा उपचाररत छन् ।

 

प्रतिकृया दिनुहोस

तीन हजार ७४९ जनामा कोरोना संक्रमण,१९

काेराेना समुदायमा फैलिएकाे छ छैन जान्न

अहिलेसम्मकै उच्चः थप तीन हजार ४३९ जनामा

दुई हजार १२० जनामा कोरोना संक्रमण,संक्रमितको

काठमाडौं उपत्यकामा १,६३८ सहित दुई

सक्रिय संक्रमित २५ हजार नाघे फेरि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला