६८ वर्षअघिको माहामारीमा आईसियू चिकित्सा प्रणालीको आविस्कार

      ६८ वर्षअघिको माहामारीमा आईसियू चिकित्सा प्रणालीको आविस्कार

कलावती उप्रेती

एजेन्सी/आधुनिक चिकित्सा प्रणालीको अभिन्न अंग बनेको इन्टेन्सिव केयर युनिट्स (आइसियू) अचेल मानिसको जीवन बचाउने अन्तिम अस्त्र बनेको छ । जुनसुकै रोगका विरामीको अन्तिम केयर आईसियूमै गरिन्छ । जब कुनै मेडिकल इमरजेन्सी पर्छ तब सिकिस्त मानिसको जिन्दगी बचाउने जिम्मा मेशीनको हुन्छ । त्यस्ता मान्छेको जिन्दगी बचाउने यन्त्रको आविस्कार अहिले कोरोना भाइरस कोभिड–१९ जस्तै महामारी फैलिएको बेला भएको थियो । त्यतिबेला आजभन्दा ६८ वर्ष पहिले पोलियोको माहामारी फैलिएको थियो ।

विश्वभर भयानक पोलियो महामरी फैलिएको थियो । त्यतिबेला अहिलेजस्तो आधुनिक चिकित्सा विज्ञानको विकास पनि भइसकेको थिएन । दोस्रो विश्व युद्धका कारण कतिपय शक्तिशाली राष्ट्रहरू युद्धका कारण सिथिल अवस्थामा थिए ।  सन् १९५२ तिर कोरोना भाइरस जस्तै एउटा भयानक माहामारीले हजारौ मानिसको मृत्यु भयो । त्यो थियो पोलियो महामारी । त्यतिबेला भेन्टिलेटर अर्थात् श्वसन तंत्रले केही काम गर्न नसकेको अवस्थामा थियो ।

६८ वर्ष पहिला डेनमार्कको कोपेनहेगेनमा ५ सय बेड भएको ब्लेगडैम हास्पिटलमा बिरामीहरुको संख्या यति थियो कि चाहेर पनि डाक्टर र नर्सले उनीहरुको उपचार गर्न सकेका थिएनन् । पोलियोबाट संक्रमित हुनेमा सबैभन्दा बढी साना बच्चाहरु थिए । त्यो बेला पोलियो एउटा यस्तो गम्ंभीर भाइरस इन्फेक्सन (विषाणुबाट हुने संक्रमण) थियो जसको कुनै उपचार थिएन् ।

कयौंं मानिस त बिना कुनै लक्षण यसबाट संक्रमित थिए भने अर्को तिर यो भाइरसले करङमा रहेका नर्भ तंन्त्रिका र मस्तिष्कमा आक्रमण गरिरहेको थियो । पोलियोका कारण बिरामी गोडामा पक्षघात भएर अपांग हुन्थे ।

बेलायती स्वास्थ्य सेवाका अनुसार यदि मष्तिस्कमा यस्ता भाइरसले आक्रमण गरेमा मानिसको ज्यानै जान सक्ने खतरा हुन्छ । यो महामारीको सबैभन्दा वढी सिकार त्यतिबेला डेनमार्कको कोपेनहेगेन भएको थियो । सांइस जर्नल नेचरमा छापिएको एउटा लेख अनुसार ब्लैगडैम हास्पिटलमा दैनिक पोलियो रोगबाट संक्रमित ५० जना आउथे । ती मध्ये १२ जानालाई भेन्टिलेटरमा राख्नुपर्ने हुन्थ्यो । संक्रमित हुनेहरुमा ८७ प्रतिशत बिरामीहरु त्यो अवस्थामा थिए जब वायरस संक्रमित व्यक्तिको दिमागमा असर गरिरहेको थियो । महामारीको पहिलो चपेटामा बालबालिका थिए ।

एउटा डाक्टरले यसमस्याको हल खोज गरेर आधुनिक मेडिकल साइन्समा एक नयाँ अध्याय थपे । उनी थिए डेनिस डाक्टर बजाँर्न आजे इब्सेन उनी स्वासप्रश्वाससम्बन्धी विज्ञ थिए । उनले करियरको लामो अवधि अमेरिकाको बोस्टन सहरमा बिताएका थिए । उनै डाक्टर इब्सेनले आफ्नो देशको स्वास्थ्य संकटको अवस्था टार्न आईसियू चिकित्सा प्रणालीको विकास गरे ।

डाक्टर इब्सेनले के गरे ?

ब्लेगडैम अस्पतालमा डा.इब्सेनलले एउटा यस्तो सिष्टमको स्थापना गरे जसले अस्पतालको तत्कालीन समस्याबाट मुक्ति मात्र दिलाएन कि आधुनिक चिकित्सा विज्ञानको इतिहासमा नयाँ अध्याय थप्यो । उनले स्थापना गरेको मेसिनबाट मृत्युको मुखमा पुगेकी एउटा १२ वर्षिया बालिकाले जीवन पाइन् । पोलियो भाइरसका कारण पक्षघात भएकी ती बालिका  थिइन् विवी ।

‘अस्पतालले उनी बाच्ने आश मारि सकेको थियो,’ यो कुरा डाक्टर इब्सेनको अन्तर्वार्ता लिएका .स्वासप्रश्वास विशेषज्ञ डा. प्रवेन बर्थेलसन भनाइ हो । तर,डाक्टर इब्सेनले स्वास्थ्यकर्मीको विवीप्रतिको धारणालाई गलत सावित गर्दै परम्परागत तरीकाले गरिने उपचारलाई क्रान्तिकारी ढंगले गर्नुपर्नै भन्दै नयाँ प्रस्ताव अघि सारे । उनको भनाइ थियो,‘पोलियो ग्रसित बिरामीको उपचार यसरी गरिनुपर्छ जसरी एउटा शल्यक्रिया गर्दा विरामीको रेखदेख गरिन्छ ।’ उनको धारणा थियो,‘संक्रमित विरामीको फोक्सोमा सिधै अक्सिजन पठाएपछि उसको शरीरले विस्तारै स्वास फेर्न सक्छ । यो प्रयोग उनले  विवीमा गरेर पुष्टि गरे का थिए ।

 

ट्रैकियोस्टमी  आइडिया

पोलियो विरामीको उपचारका लागि डाक्टर इब्सनले ट्रैकियोस्टमी मेसिनको उपयोग पनि महत्वपूर्ण हुने बताएका छन् । यो मेडिकल प्रक्रियामा विरामीको घाँटीमा एउटा प्वाल पारिन्छ र त्यसबाट रवर ट्युवको माध्यमले विरामीको फोक्सोसम्म अक्सिजन पुर्याइन्छ । त्यतिबेला अप्रेसनको बेलामा ट्रैकियोस्टमीको प्रयोग गरिन्थ्यो । तर, अस्पताल वार्डमा यसको उपयोग होला भने सायदै कसैले सोचेका पनि थिएनन् ।

डाक्टर इब्सेनको यो तरीकाले काम गर्छ भन्ने विश्वास ब्लेगडैम अस्पतालका मुख्य डाक्टर हेनरीलाई कति पनि थिएन । तर, अवस्था यति नाजुक थियो कि उक्त प्रयोगको विकल्प नभएपछि हेनरी मञ्जुर भएका थिए । चमत्कार त्यतिबेला भयो जब डा.इब्सेनको प्रयोगकै कारण आश मारि सकेकी बालिका विवीले नयाँ जीवन पाइन् ।

तर,अझै समस्या बाँकी नै थियो । त्यो के भने फोक्सोमा रवर ट्युबको माध्यमले अक्सिजन पुर्याउने माध्यम मेसिन नभएर मान्छे हुन्थे । किनकि त्यसलाई हातले चलाउनु पथ्र्यो । त्यो कार्यमा अस्पतालका डा./नर्स खटिन्थे । यसका लागि डाक्टर हेनरीले मेडिकल स्टाफ खटाउथे ।

आईसीयू वार्ड स्थापना

डा.इब्सेनको प्रयोगपछि अधिकांश स्वासप्रश्वासका विमारीलाई उपचार गर्न सहज भएको थियो ।  डा.हेनरीका अनुसार यो विधिपछि स्वासप्रस्वाशका विरामीको उपचार गर्न सक्षम भयौ । उनले भने,‘पोलियोका विरामीको मृत्युदर ८७ बाट ३१ प्रतिशतमा झरिसकेको थियो ।’ अर्को वर्ष ब्लेगडैम अस्पतालमा स्थायी रुपमा एउटा इन्टेनसिव केयर युनिट(आईसियु) को स्थापना भयो । जुन अहिले संसारभर अन्तिम अवस्थाका विरामीको केयरका लागि लाभदायी सिद्ध भएको छ । अहिले विश्व कोरोना महामारीको चपेटमा परिरहेको छ । यसमा पनि अन्तिम उपचार भेन्टिलेटर र आईसियू स्वास्थ्य प्रणालीलाई अपनाइएको छ । तर,सबैतिर पर्याप्त नभएपछि यसको अभाव खड्किएको छ ।  

अनुवादः विविसी अनलाइन, हिन्दी सेवा

 

प्रतिकृया दिनुहोस

तीन हजार ७४९ जनामा कोरोना संक्रमण,१९

काेराेना समुदायमा फैलिएकाे छ छैन जान्न

अहिलेसम्मकै उच्चः थप तीन हजार ४३९ जनामा

दुई हजार १२० जनामा कोरोना संक्रमण,संक्रमितको

काठमाडौं उपत्यकामा १,६३८ सहित दुई

सक्रिय संक्रमित २५ हजार नाघे फेरि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला