सिन्धुपाल्चोकमा कोरोना देखियो भन्ने हल्ला मात्रःस्वास्थ्य मन्त्रालय

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाँउपालिकाका बिरामीमा कोरोना भाइरस संक्रमण नभई ‘मौसम रुघाखोकी’ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसकोसँग मिल्दोजुल्दो लक्षण देखापरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रचार पठाएको भन्ने हल्ला झुठो रहेको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले बताए। ‘हाम्रो मन्त्रालयमा अहिलेसम्म त्यस्तो पत्र आइपुगेको छैन, उहाँहरू को हो किन हल्ला फैलाउनु भएको हो भन्ने पनि थाहा छैन,’ सचिव बरालले भने।

सचिवका अनुसार सिन्धुपाल्चोकमा मौसमी रुघाखोकी र ज्वरोका विरामीको अस्पतालमा चाप बढेको खबर पाएपछि जिल्लाका स्वास्थ्य कार्यालयका चिकित्सक पठाइएको छ। कोरोना भाइरसको लक्षण देखाप¥यो भनी झुठो हल्ला नफैलाउन बरालले आग्रह गरेका छन्।

‘हामीले कोरोनाको लक्षणसँग मिल्ने बिरामीको संख्या धेरै देखियो भन्ने खबर पाउनासाथ सिन्धुपाल्चोक जिल्ला स्वास्थ्यका कार्यालय प्रमुखलाई त्यहाँको स्थिति बुझ्न निर्देशन दिएका थियौं,’ उनले भने,’ उहाँहरूको टोली अस्पतालमै गएर बिरामीको स्थिति बुझ्दा मौसमी रुघाखोकी र ज्वरो आएको र बिरामीको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ।’

प्रतिकृया दिनुहोस

तीन हजार ७४९ जनामा कोरोना संक्रमण,१९

काेराेना समुदायमा फैलिएकाे छ छैन जान्न

अहिलेसम्मकै उच्चः थप तीन हजार ४३९ जनामा

दुई हजार १२० जनामा कोरोना संक्रमण,संक्रमितको

काठमाडौं उपत्यकामा १,६३८ सहित दुई

सक्रिय संक्रमित २५ हजार नाघे फेरि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला