क्यान्सर रोगी बढ्दै,सचेत हुन विज्ञको सल्लाह

       क्यान्सर रोगी बढ्दै,सचेत हुन विज्ञको सल्लाह

काठमाडौं । नेपालमा वर्षेनी क्यान्सर विरामीको सङ्ख्या वढ्दै गएको विशेषज्ञले औल्याएका छन् । सुर्तीजन्य पदार्थको प्रयोग, वातावरणीय प्रदुषण र विषादीयुक्त खानपानले गर्दा वर्षेनी क्यान्सरका विरामी वढेको विज्ञहरूको ठहर छ । नेपालमा प्रत्येक वर्ष २० हजार मानिसहरूले क्यान्सर रोगका कारण अकालमा जीवन गुमाइ रहेको वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा.डा.विष्णुदत्त पौडेलले बताएका छन् ।

काठमाडौंस्थित लोयल्टी एकेडेमी र क्यान्सर काउन्सिल नेपालले नेपाल टेलिकमको प्रायोजनमा‘विश्व क्यान्सर दिवस’को अवसरमा आयोजना गरिएको कार्यक्रममा पौडेलले यस्तो जानकारी दिएका हुन् । उनले ३० देखि ५० प्रतिशत क्यान्सर खानपान र जीवन शैलीका कारणले गर्दा लाग्ने हुँदा यसबाट जोगिन सक्रिय जीवनबताउनु पर्ने टिप्स दिएका छन् । उनले सुर्तीजन्य पदार्थबाट टाढा वस्नुपर्ने पनि बताए ।

क्यान्सरकै कारण विश्वमा प्रत्येक वर्ष १ करोड मानिसले ज्यान गुमाउनु परेको कटु तथ्यलाई औल्याउँदै डा. पौडेलले नेपालमा पनिप्रत्येक मानिसलाई क्यान्सर रोगबाट जोगिन सचेत गराउनु पर्ने उल्लेख गरे । नेपालमा अझै पनि ‘क्यान्सर लागेपछि बाँच्न सकिँदैन्’भन्ने भ्रम रहेकोले त्यसलाई हटाउनुपर्ने कुरा पनि उनले बताए । उनले भने,‘सुरुवाती अवस्थामै क्यान्सर रोग पहिचान र उपचार गर्न सकेमा उपचार खर्च कम हुने र उपचारको प्रभावकारिता बढी हुँदा विरामीहरूलाई जतिसक्दो चाँडो अस्पताल जान प्रोत्साहन गर्नुपर्छ ।’ उनले वर्षको एक दिन क्यान्सर दिवश मनाउनुभन्दा समाजमा प्रत्येक व्यक्तिले क्यान्सर रोग न्यूनीकरणको लागि अरुलाई सुर्तीजन्य पदार्थ त्याग्नको लागि प्रोत्साहित गर्नुपर्ने पनि सुझाव दिए ।

‘विकसित देशमा जनचेतना, समयमा नै रोगको पहिचान र उपचार विधिमा भएको विकासले क्यान्सर रोगबाट मर्ने संख्यामा निकै कमी आएको छ’–उनले सुनाए । उनले ४० वर्ष नाघेका महिलाहरुले नियमित रुपमा पाठेघरको मुखको परीक्षण गराउनुपर्ने सल्लाह दिए । उनले भने,‘५० वर्ष नाघेका पुरुषले फोक्सोको क्यान्सरबाट जोगिनको लागि पनि नियमित परीक्षण गराउनुपर्छ ।’

कार्यक्रममा क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले क्यान्सर, मुटु, दम, मधुमेह रोग रोकथामको लागि व्यापक रुपमा जनचेतना जगाउनुपर्ने बताए । नयाँ पुस्तालाई सुर्ती जन्यपदार्थबाट जोगाउन युवा र अभिभावकले विशेष ध्यानदिनुपर्ने कडरियाको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

तीन हजार ७४९ जनामा कोरोना संक्रमण,१९

काेराेना समुदायमा फैलिएकाे छ छैन जान्न

अहिलेसम्मकै उच्चः थप तीन हजार ४३९ जनामा

दुई हजार १२० जनामा कोरोना संक्रमण,संक्रमितको

काठमाडौं उपत्यकामा १,६३८ सहित दुई

सक्रिय संक्रमित २५ हजार नाघे फेरि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला