काठमाडौं । चिकित्सा शिक्षाको सुधारको माग राख्दै ९ दिनदेखि डडेल्धुरामा अनसनरत डा. गोविन्द केसीले अनसन तोडेका छन् । राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहेको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गरिएको डा. केसीले बताएका छन्।
डा. केसीले मंगलबार अपरान्ह अनसन तोडेका हुन् । स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि आफ्ना् लडाइँ जारी रहने भन्दै सरकारले आफूले अघि सारेका माग पूरा नगरे पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन् ।
भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको भन्दै देशभर भइरहेका विरोध प्रदर्शनप्रति उनले ऐक्यबद्धता जनाएका छन्।
आम नागरिकमा राष्ट्रियताको भावना बलियो हुनु राम्रो भएपनि सत्तामा हुनेहरुले राष्ट्रियताको वहाना पारेर कर्तव्यच्युत हुने, गलत काम गर्ने तथा फरक मतमाथि दमन गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने काम गरे त्यो स्वीकार्य नहुने डा. केसीले बताएका छन्।
चिकित्सा शिक्षा क्षेत्रमा भएको १० अर्ब ठगीका अभियुक्त लगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन नसक्ने डा. केसीले बताएका छन्। डा. केसीले सरकार समक्ष ७ बुँदे माग राख्दै गत कात्तिक १७ गतेदेखि डडेल्धुरामा अनसन सुरु गरेका थिए।
प्रकाशित २६ कार्त्तिक २0७६ , मङ्गलबार | 2019-11-12 11:23:56
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार