काठमाडौं । ललितपुरस्थित निदान अस्पतालले एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकेर किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा अस्पतालका सीईओसहित पाँच जनालाई पक्राउ गरेको छ ।
बुधबार प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मिर्गौला झिकेर किनबेच तथा प्रत्यारोपण गराएको भन्दै अस्पतालका सिइओ विपेन्द्र प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले उनीहरूविरूद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको बताए ।
प्रकाशित २९ आश्विन २0७६ , बुधबार | 2019-10-16 12:41:46
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार