काठमाडौं । ‘नेपालका लागि नेपाली’ अभियानले नर्सको पेसागत सुरक्षा र अधिकारको लागि अन्याय र अत्याचारका विरुद्ध सत्याग्रहमा रहेका नर्सहरू जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको लागि सरकारसँग अपिल गरेको छ ।
नर्सहरू बराल र शेर्पा भक्तपुरस्थित् शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा अनशनरत छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त अभियानले यस्तो अपिल गरेको हो ।
कार्यक्रममा बोल्दै ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता डा. सुरेन्द्र भण्डारीले अनशनरत नर्सको जीवन रक्षाको सवालमा राज्य गम्भिर बन्नुपर्ने धारणा राखे । सरकारी पक्ष र अनशनरत पक्षबीच चाँडोभन्दा चाँडो वार्ता हुनुपर्ने र पेशागत हकहितमा रहेका जायज मागहरु पुरा गर्न सरकार गम्भिर बन्नुपर्ने भण्डारीको आग्रह छ ।
त्यस्तै, कार्यक्रममा बोल्दै नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले देशमा अहिले लगभग ४० हजार नर्सको आवश्कता रहेको बताउँदै एउटा नर्सले आइसियुमा आठ जना बिरामीहरुलाई हेर्नुपर्ने बाध्यता रहेको सुनाईन् । सरकारी कोटामा विदेश पढ्न जाने अवसर सरकारले नदिएपनि व्यक्तिगत रूपमा अध्ययनका लागि विदेश जान चाहने नर्सहरुलाई सरकारले अवसर प्रदान गर्नुपर्ने उनको माग छ ।
नर्सिङ युनियनकी अध्यक्ष जानकी केसीले स्नातकोत्तर गरिसकेको नर्सहरुले अहिले नेपालमा स्टार्फ नर्सले गर्र्ने व्यवहार भोग्दै आइरहेको बताईन् । जारी आन्दोलन नर्सिङ सेवा क्षेत्रभित्र रहेका समस्याहरुको आवाजको रुपमा रहेका बताउदै उनले नर्सिङ पेशालाई मर्यादित बनाउन माग गरिन् ।
कार्यक्रममा बोल्दै नर्स सिमा धतान बिश्वकर्माले अनशनरत नर्सद्धय जीता र डिकीको जीवन रक्षाको माग राखिन । अहिले नेपालमा नर्सहरुमाथि अन्याय भएको बताउँदै उनले आफुहरु अत्याचारको शिकार भएको र सदाचारको मार्ग खोजिदिन आग्रह गरिन् ।
नर्स कविता आचार्यले आफुहरुको पीडा पोख्नकै लागि सडकमा आउनुुपरेको जानकारी गराईन् । कार्यस्थलमा हुनुपर्ने सुरक्षालगायत आफ्ना समस्यामाथि ध्यान नपु¥याएको बताउँदै आफुहरुलाई नागरिकको रुपमा हेर्न आवश्यक रहेको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै अभियानककी अभियन्ता रोशा श्रेष्ठले नेपालमा अहिलेपनि महिलाहरुले आर्थिक तथा समाजिक रुपमा पीडा भोगीरहेको धारणा राखिन् । नर्सहरुमाथि रहेका नीति तथा नियमहरु परिवर्तन हुन आवश्यक रहको बताउँदै उनले अहिले देशभर ८५ हजार नर्सहरु अनशन भन्दापनि ठुलो पीडामा रहेको जानकारी गराईन ।
प्रकाशित ७ जेठ २0७६ , मङ्गलबार | 2019-05-21 11:52:00
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार