दाने बोहरा/हुम्ला हुम्लाको ताँजकोट गाँउपालिकामा स्वस्थ्यकर्मी पुगे पनि रोग नियन्त्रणमा आउन सकेको छैन् ।
सोमबार बिहान ६० वर्षकी पवित्रा बोहोराको मृत्यु भयो । यो सँगै अज्ञात रोगका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको मैला स्वास्थ्य चौकीका स्वास्थ्य कर्मी मोतीलाल जैसीले बताए ।
मौसमी फ्लू फैलिएको २० दिनपछि आइतबार त्यस क्षेत्रमा औंषधी सहित चिकित्सकको टोली पुगेर शिविर सञ्चालन गरेपनि रोग पत्ता लगाउन सकेको छैन् । नेपाली सेनाको हेलिकोप्टरमा प्रदेश स्वास्थ्य निर्देशनालयबाट डा. तेजराज भट्टराई, हेल्थ असिस्टेन्ट बलभद्र यादव, ल्याव असिस्टेन्ट धर्म अधिकारीसहितको टोली आवश्यक औषधी र नमूना संकलन गर्ने आवश्यक समाग्रीहरु सहित प्रभावित स्थलमा पुगेर शिविर सञ्चालन गरिरहेका छन् । हालसम्म २०० जनाको स्वास्थ्य परिक्षण भइसकेको बताइएको छ ।
आईतबार प्रदेश राजधानीबाट चिकित्सकको टोली आएपनि सोमबार विहान फेरी एक जनाको मृत्युभएपछि स्थानीयबासी थप चिन्तित बनेका छन् । आईतबार मात्रै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, सोही गाउँपालिका अध्यक्ष बाग्दल मल्ल, प्रमुख जिल्ला अधिकारी धोलक राज ढकालले गृहमन्त्रालयमा हेलिकप्टरको पहल गरेपछि दुर्गम जिल्लाको दुर्गम क्षेत्र ताँजाकोटमा उपचारका लागि प्रदेश अस्पतालका चिकित्सकको टोली पुगेको थियो ।
मौसम परिवर्तनसँगै फैलिएको अज्ञातरोगले प्रभावित हुम्लाको ताँजाकोटमा रोग पहिचानका लागि सुर्खेत र मुगुबाट चार बिषेशज्ञ चिकित्सक सहितको टोली खटिएको छ । चिकित्सकले बिरामीमा देखिएको लक्षणका आधारमा इ इन्फ्लुएन्जा भन्ने रुघाखोकीको शंका गरिएको भए पनि नमूना परीक्षण नहुँदासम्म रोग पहिचान गर्न तीन दिन लाग्ने चिकित्सकले बताएका छन् । खकारको परिक्षणका लागि सुर्खेत पठाइने चिकित्सकले बताएका छन् । त्यसपछि रोगबारे एकीन गर्न सकिने पनि प्रभावित क्षेत्रमा खटिएका टिम लिडर डाक्टर केएन पौडेलले बताए ।
उपचारका लागि आउनेमा बालबालिका र वृद्धवृद्धाको संख्या अधिक छ । १५ वर्षमुनिका २७ बालबालिका र ५० वर्षमाथिका ५६ वृद्धवृद्धा उपचारका लागि स्वास्थ्य चौकी आएका उनले बताए ।
प्रकाशित १६ बैशाख २0७६ , सोमवार | 2019-04-29 10:51:42
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार