काठमाडौं । हावाहुरी पीडितको स्वस्थ्य उपचारका लागि नेपाल मेडिसिटी अस्पतालका चिकित्सकको टोली हेलिकप्टरसहित बारा पुगेको छ । आइतबार राती बारा र पर्सामा आएका हावाहुरीबाट प्रभावितको स्वास्थ्य उपचारका लाागि मेडिकल उपकरण सहितको टोली बारा पुगेको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।
चिकित्सक टोलीले घाइतेको स्पटमै उपचार गर्ने र थप उपचार गर्नुपर्नेको उद्धारमा सहयोग गर्नेछ । त्यसैगरी अस्पतालको अर्को टोली भेन्टिलेटरसहितको एम्बुलेन्समा त्रिभुवन विमानस्थलमा तयारी अवस्थामा राखिएको छ ।
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो पनि विरामीको आवश्यक सहयोग र समन्वयका लागि यति बेला बारा पुग्नु भएको छ ।
प्रकाशित १८ चैत्र २0७५ , सोमवार | 2019-04-01 08:48:31
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार