काठमाडौं । सरकारी चिकित्सको आन्दोलनका कारण शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा सञ्चालन हुन सकेनन् । आन्दोलनका कारण उपचारका लागि अस्पताल पुगेका सेवाग्राही मर्कामा परेका छन् ।
निजमाती कर्मचारी ऐनले स्वस्थ्य सेवाका कर्मचारीलाई स्थानीय तह मातहत राख्ने व्यवस्थाको विरोधमा आन्दोलन गर्दै आएका चिकित्सकले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् ।
उनीहरुले शुक्रबार अस्पतालको टिकट काउन्टरमै तालाबन्दी गरेर आफ्नो सेवा बहिष्कार गरेका थिए । स्थानीय तहको मातहत रहने तथा आफूहरुको वृत्ति विकासमा समेत वाधा पुग्ने व्यवस्थाको विरुद्ध आन्दोलनमा उत्रिएको सरकारी चिकित्सक संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।
सरकारी चिकित्सकहरुले आफूहरुको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन विगत १ महिनायता विरोध प्रर्दशन र धर्नासहितको कार्यक्रम गर्दै आएको थियो ।
अध्यक्ष पाण्डेले सरकारले शान्तिपूर्ण आन्दोलन गरिरहेका आफूहरुको माग सुनुवाई नगरेपछि अस्पतालको सेवा नै बहिष्कार गर्ने लगायतका आन्दोलनका कडा कार्यक्रम सुरु गर्नु परेको स्पष्ट पारे । सरकारी चिकित्सकहरुले अस्पतालको सेवा बहिष्कार गर्दा पनि आफूहरुको माग सम्बोधन गर्न सरकार तयार नभए सामूहिक राजीनामा दिने चेतावनी समेत दिँदै आएका छन् ।
प्रकाशित १0 फाल्गुण २0७५ , शुक्रबार | 2019-02-22 10:37:20
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार